माघ १५, २०७९
नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटेक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको ...
काठमाडाैं | असोज १४, २०७९
नर्भिक इन्टरनेशनल हस्पिटलले अस्पतालस्तरमा देशकै पहिलो र एकमात्र नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज(एनएबिएल) आइएसओ सर्टिफाइड ल्याब्रोटरी सञ्चालन गरिरहेको छ ।
अस्पताल स्तरको पहिलो र एकमात्र एनएबिएल आइएसओ सर्टिफाइड प्रयोगशाला भएका कारण समेत यसको गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्न थालेको छ ।
प्रयोगशाला प्रमुख डा. सुशीलराम श्रेष्ठकाअनुसार एनएबिएलले तोकिदिएको मापदण्डअनुसारको गुणस्तरीयता कायम गरेका कारण पनि नर्भिक ल्याब्रोटोरीले सर्वसाधारणहरुको मन जित्न सफल भएको हो ।
‘नर्भिकको ल्याब त्यस्तो ल्याब हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाइ गर्छन । अरुमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ,’ डा. श्रेष्ठले भने,‘हामीसँग ५ जना त प्याथोलोजिष्ट मात्र हुनुहुन्छ । एकजना माइक्रोबायोलोजिष्टसहितको करिब ३५ जनाको टिमले नर्भिक ल्याब्रोटरीलाई ‘बी क्याटेगोरी’मा देशकै नमूना प्रयोगशाला बनाउने महत्वपूर्ण सफलता पाएको छ ।’
डा. श्रेष्ठकाअनुसार नर्भिकको प्रयोगशालाअन्तर्गत सञ्चालित विभिन्न विधाहरुमध्ये ५ वटा स्पेशल टेस्टले समेत आइएसओ सर्टिफिकेट पाएका छन् ।
‘हेमाटोलोजी, बायोकेमेस्ट्री–हर्मोन, माइक्रोबायोलोजी, क्लिनिकल प्याथोलोजी, हिस्थो प्याथोलोजी, साइको प्याथोलोजी जस्ता सेवामा हामी आइएसओ सर्टिफाईड हो ।’ डा. श्रेष्ठले भने–‘धेरै सेक्टरमा आइएसओ सर्टिफाई प्राप्त गर्ने सम्भवतः नर्भिकको ल्याब पहिलो र एक हो ।’
उच्च गुणस्तर कायम गरेकै कारण नर्भिकको प्रयोगशालाबाट वार्षिक हजारौंले सेवा लिने गरेका उनले सुनाए । डा. श्रेष्ठले भने,‘नर्भिकले आफ्नो ल्याब्रोटोरीको क्वालिटी कन्ट्रोलमा जति ठूलो लगानी गरेको छ, अरुले सायदै गरेका होलान् । यहीकारण पनि हामीले दिने रिपोर्ट सधैं अब्बल हुन्छ । सेवाग्राहीको फिडब्याक पनि राम्रो छ ।’
नियामकले तोकेका र एनएबिएलका मापदण्ड समेत पूरा गर्दै अगाडि बढी जनविश्वास कमाएकै कारण पछिल्लो समय गत असारमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नर्भिकको ल्याब्रोटोरीलाई दिएको सञ्चालन अनुमति ५ वर्षका लागि पुनः नवीकरण गरिदिएको छ । ‘धेरै कम अस्पतालमध्ये नर्भिक पनि त्यस्तो अस्पतालमा पर्छ, जसले ल्याब सञ्चालनका लागि छुट्टै अनुमति लिने गरेको छ ।’ डा. श्रेष्ठले भने–‘नभए त कतिपयले भर्याङमुनि ल्याबको नाममा नमूना कलेक्सन सेन्टर सञ्चालन गर्ने गरेका छन् । पर्याप्त र फराकिलो ठाउँ हुनुपर्ने, अनुकुल वातावरणमा मसिनहरु राख्नुपर्नेजस्ता सामान्य मापदण्ड पनि पूरा नगर्ने ठाउँमा ल्याब परीक्षण गर्न जाँदा सही रिपोर्ट नआउनसक्छ ।’
डा. श्रेष्ठकाअनुसार आइएसओले बनाएको मापदण्डअनुसार नर्भिक ल्याब्रोटोरीमा काम हुन्छ । ‘प्रत्येक दिन बिहान, दिउँसो र बेलुका क्वालिटी कन्ट्रोल र जाँचको काम हुन्छ । हाम्रा मसिनले निकालेको भ्यालू ठीक छ वा छैन भनेर प्रत्येक दिन ३ पटक हेर्छौ ।’ उनले भने–‘यो क्रममा कुनै मसिनले ठीक भ्यालू निकालेको छैन भने पहिला नै थाहा हुन्छ । डेटामा पनि उत्तिकै काम हुन्छ ।’
उनकाअनुसार इन्टरनलसँगै एक्सटर्नल क्वालिटी कन्ट्रोलको काम पनि हुन्छ । त्यो चाहिँ प्रत्येक महिना हुन्छ । ‘एक्सटर्नल क्वालिटी कन्ट्रोल चाहिँ हामीसँग सम्बन्ध नभएको कुनै थर्ड पार्टीले गर्छ । उसले प्रत्येक महिना स्याम्पल पठाउँछ । त्यसलाई हामीले मसिनमा रन गर्छौं, डेटा अनलाइनबाट सबमिट गर्छौ । नेपालका धेरै ल्याबहरुबाट उत्पादन भएको डेटा समेत राखेर थर्ड पार्टीले मिन भ्यालू निकाल्छ । मेरो रिजल्ट अरुसँग कत्तिको फरक आयो भन्ने कुरा समेत हेरेर गुणस्तरीयता कायम गरिन्छ ।’ डा. श्रेष्ठले भने ।
एक्सटर्नल र इन्टरनल क्वालिटी कन्ट्रोलपछि मात्रै ल्याब रिपोर्ट बिरामीको हातमा पुग्ने गर्छ । कुनै रिपोर्टमा केही अस्वभाविक जस्तो देखियो भने त्यसको अलग्गै म्यानुअल जाँच हुने गरेको समेत उनले जानकारी दिए । ‘मसिनले दिएको भ्यालू हरदम चेक भइरहन्छ । यसकारण समेत हामीले लामो समयदेखि लगातार गुणस्तरीयता पूर्ण रुपमा कायम गराउने सफलता पाइरहेका छौं ।’–उनले भने ।
नर्भिकको ल्याबमा नमूना परीक्षणका लागि प्रयोग हुने सबै उपकरणहरु एफडिए अप्रूभ र सिए सर्टिफाइड छन् । मसिन ल्याउनेबित्तिकै त्यसलाई चलाएर त्यहाँबाट आउने रिपोर्ट बिरामीलाई दिइन्न । ‘मसिनलाई समेत केही दिनसम्म ट्रायलमा राखेर हेरिन्छ । केही प्यारामिटर्सहरु पूरा गरिन्छ र हामी ढुक्क भएपछि मात्र त्यसलाई पूर्ण सञ्चालनमा ल्याई रिपोर्टहरु बनाउन थाल्छौं,’ डा. श्रेष्ठले भने–‘क्वालिटी कन्ट्रोलका प्यारामिटरहरु पास नभएसम्म हामी रिपोर्ट नै दिंदैनौं ।’
नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटेक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको ...
नेपाल प्रहरी श्रीमती संघको आयोजना र तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा नेपाल प्रहरी श्रीमती संघको कार्यालय भृकुटीमण्डपमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ३१४ जनाको आँखाको परीक्षण गरिएको छ । शिविरमा ...
सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । तीन पालिकामा पाँच जनामा दादुरा सङ्क्रमण भेटिएको हो। अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्...
‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरिय...
भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सीएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट...
सरकारले बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य कम्पनीले आफ्नो कम्पनीको चुरोट, सुर्तीको दररेटसहित व...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...