×

NMB BANK
NIC ASIA

राजनीति

२०–२५ सिट दिने एमालेको आश्वासनपछि जनता समाजवादी पार्टीले लियो यू–टर्न

असोज १५, २०७९

NTC
Premier Steels

सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटको अन्तिम टुंगो लाग्न नसकिरहेको बेला सहयात्री दल जनता समाजवादी पार्टी (जसपा)ले शनिबार दिउँसो गठबन्धनबाट बाहिरिने संकेतसहितको विज्ञप्ति जारी गर्‍यो  । 

Muktinath Bank

शनिबार दिउँसो सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकको निर्णय भन्दै पार्टी प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रेस नोटमा गठबन्धनमा भइरहेको सिट बाँडफाँटको छलफल जसपाको लागि उपयुक्त नभएको भन्दै गठबन्धन भित्रका दलहरूसँग मित्रवत प्रतिस्पर्धा र अन्य दलसँग चुनावी तालमेलको ढोका खुलेको संकेत दिएका थिए ।
जसपा र एमालेका नेताहरूबीचमा पछिल्लो समयमा भएको छलफलमा एमालेले जसपालाई २० देखि २५ सिट दिएर चुनावी तालमेल गर्ने प्रस्ताव गरेपछि जसपामा यू–टर्न आएको जसपाका एक नेताले बताए । 


Advertisment
Nabil box
Kumari

‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् । एमालेसँग चुनावी तालमेलको सम्भावना बढ्यो । गठबन्धनमा जसपालाई अवमूल्यन गरियो । एमालेले २० देखि २५ सिट दिने प्रस्ताव आएको छ’, जसपाका एक नेताले लोकान्तरसँग भने । 

Vianet communication

सत्तारूढ गठबन्धनमा जसपालाई १५ सिट दिने प्रस्ताव भएको छ । त्यसमा जसपाका नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

गठबन्धनमा भनेजति सिट नपाइरहेको बेला एमालेबाट आकर्षक प्रस्ताव आएपछि जसपाका शीर्ष नेताले कार्यकारिणी समितिको बैठक राखेर छलफल गरेको हो ।

एमालेका एक शीर्ष नेताले दिएको जानकारी अनुसार, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँगको चुनावी तालमेलको संवाद अघि बढ्न सकेको छैन् । 

'हामीले केही चरण छलफल ग¥यौं तर, चुनावी तालमेल हुने गरी कुरा अघि बढ्न सकेको छैन् । जसपा गठबन्धन छाडेर आउँदा गठबन्धनले भन्दा बढी सिट दिनसक्ने एमालेले नै हो’, ती नेताले लोकान्तरसँग भने ।

मधेश प्रदेशका ८ जिल्लामा प्रतिनिधि सभामा ३२ सिट छ । जसपाका अध्यक्ष उपेन्द्र यादव आगामी चुनावपछि पनि मधेशमा जसपाकै नेतृत्वमा प्रदेश सरकार बनाउन चाहन्छन् । त्यसका लागि उनले गठबन्धनमा पाएको सिटले पुग्ने अवस्था नदेखेपछि गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेलका लागि तयार भएको जसपाकै नेताहरू बताउँछन् । 

जसपाको कार्यकारिणी समितिको बैठकपछि केन्द्रीय सदस्य आङकाजी शेर्पाले एमाले अध्यक्ष केपी ओलीसँगको तस्बिर फेसबुकमा शेयर गर्दै लेखेका छन्, ‘आज सपनामा बालाइ देखेँ ।’

सुमनले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठबन्धनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भइरहेको सिट बाँडफाँट सम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पकोरूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ ।’

जसपाका अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि एमालेका एमालेका गंगाराम यादवलाई पार्टी प्रवेश गराउँदै पार्टी अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि जसपा एक्लै चुनाव लड्ने अवस्था आइरहेको बताएका थिए ।

गठबन्धनमा रहेर कांग्रेस र माओवादी केन्द्रलाई ठूलो पार्टी बनाउने वैशाखीकोरूपमा आफूहरु प्रयोग नहुने उनले बताएका थिए । 

जसपाका अर्का केन्द्रीय सदस्य लाक्पा शेर्पाले कांग्रेस र माओवादी केन्द्रको बैशाखी बन्नको लागि मात्रै आफ्नो पार्टी गठबन्धनमा नरहने बताए । ‘कांग्रेस र माओवादी केन्द्रको बैशाखी बन्नको लागि मात्रै गठबन्धनमा

रहँदैनौ । कार्यकारिणी समितिको बैठकले अन्य दलसँग चुनावी तालमेलको ढोका खोलिसकेको छ । यदी तालमेल भएन भने आगामी चुनावमा जसपा एक्लै प्रतिस्पर्धा गर्ने अवस्था छ’, उनले भने ।

उता लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष तहका नेताहरू भने जसपाले गठबन्धनमा बार्गेनिङ पावर बढाउनको लागि मात्रै एमालेसँग तालमेलको सम्भावना देखाएको दावी गर्छन् । 

‘जसपाले थोरै सिट पाउने भएपछि नेताहरू अन्य दलमा जान थाले । पार्टीका नेता कार्यकर्तालाई देखाउन र गठबन्धनमा बार्गेनिङ पावर बढाउन त्यस्तो निर्णय भएको हो’, लोसपाका एक नेताले भने । 

लोसपाले नै एमालेसँग तालमेलको कुरा गरिरहेको उनको दावी छ । यदी जसपा गठबन्धन छाडेर आएको खण्डमा मधेशवादी पार्टीको मात्रै पनि चुनावी तालमेल हुनसक्ने लोसपाका ती नेताले बताए ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x