०५ साउन २०८३, मंगलबार
दशैंमा काठमाडाैं

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश, ल्यायो उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश, ल्यायो उपहारको बहार

माछापुच्छ्रे बैंक २२ औँ वर्षपार गरी २३ औँ वर्षमा प्रवेश गरेको छ ।

२२ वर्ष अघि पोखरामा क्षेत्रिय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंक ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनिय योगदानको फलस्वरुप आजको दिनमा आईपुग्दा व्यवसायिक बैंकहरुमा अब्बल बैंकको रुपमा स्थापित हुन सफल भएको बैंकले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । 

 यस अवसरमा बैँकले एक कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ । 

उक्त कार्यक्रममा बोल्दै माछापुच्छ«े बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले २२ वर्षसम्मका यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

त्यसै गरी सञ्चालक समितिका सदस्य रोशन के.सीले यस बैंकका संस्थापक अध्यक्ष स्वर्गीय सूर्यबहादुर केसीको योगदानलाई उच्च कदर गर्दै बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरे । 

 कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले सवल उत्कृष्ठ एंव विस्तारित भन्ने नाराका साथ बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा अग्रणी स्थानमा रहि समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।  

उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा लगायत नायव महाप्रबन्धक प्रसिद्ध राज अर्यालले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई हृदय देखि नै धन्यवाद ज्ञापन गरेका थिए ।

साथै माछापुच्छ्रे बैंकले आफ्नो २२ औ वार्षिकोत्सबको अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवाबाट लिन सकिनेछ ।  

उक्त अफर अन्तर्गत बैंकका ग्राहकले फुडमाण्डुमार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी खाना अर्डर गर्दा २०% वा अधिकतम ३०० रुपैयाँ, एमबीएल एम स्मार्ट मार्फत पहिलो पटक मोबाईल टपअप गर्दा १०% वा अधिकतम १०० रुपैयाँ , एमबीएल एम स्मार्ट  मार्फत ९ आश्विन २०७९ देखि २० आश्विन २०७९ सम्म हरेक दिन बिहानको ७ बजे बाट बिहानको ९ बजेसम्म  २ घण्टाको अबधिमा २२२ भन्दा बढीको ५ वा सो भन्दा बढी कारोबार गरेको खन्डमा २२% वा अधिकतम २२२ रुपैयाँ, सीजी डिजिटल मार्फत क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा २०% वा अधिकतम १५०० रुपैयाँ सम्मको क्यासब्याकहरु (यो योजना दशमी सम्मको लागि मात्र), सेन्ट्रल बजार मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा १०% वा अधिकतम १००० रुपैयाँ सम्मको छुट र आश्विन १५ गतेबाट दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २२% वा अधिकतम २२२२ रुपैयाँ  सम्मको डिस्काउन्ट (यो योजना सिमित अवधिको लागि मात्र ) प्राप्त गर्न सक्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्