११ असार २०८३, बिहीबार

भारतको एउटा यस्तो गाउँ जहाँ दशैंमा रावणको पूजा गरिन्छ

भारतको एउटा यस्तो गाउँ जहाँ दशैंमा रावणको पूजा गरिन्छ

विजयादशमी नेपालमा मात्र हैन भारतमा पनि हर्षोल्लासका साथ मनाइन्छ।

यो पर्वले असत्यमाथि सत्यको विजयको सङ्केत गर्छ । यस अवसरमा भारतमा विशेषगरी रावणको पुत्ला दहन गरिन्छ ।

यस दिन भगवान रामले रावणलाई मारेर माता सीतालाई मुक्त गरेका थिए। तर भारतमा केही यस्ता ठाउँहरू छन् जहाँ मानिसहरूले रावणलाई जलाउँदैनन्, उनको पूजा गर्छन्।

उत्तर प्रदेशको एउटा गाउँमा रावणको मन्दिर छ र यहाँ दशाननको पुत्ला जलाइएको छैन ।

धार्मिक मान्यता अनुसार भगवान रामको जन्म उत्तर प्रदेशको अयोध्यामा भएको थियो ।

कतिपयले रावणको जन्म उत्तर प्रदेशको गौतम बुद्ध नगर जिल्लाको बिसराख गाउँमा भएको मान्छन् । यो गाउँ भारतको राजधानी दिल्लीबाट ४० किलोमिटरको दूरीमा अवस्थित छ।

यहाँका मानिसहरू रावणलाई आफ्नो पुर्खा मान्छन् ।

बिसराख गाउँमा रावणको मन्दिरको चर्चा सधैं हुने गर्छ । यो गाउँ रावणको मन्दिरका लागि प्रसिद्ध छ ।

गाउँको बीचमा रावणको मन्दिर बनाइएको छ र यो मन्दिर भगवान शिवलाई समर्पित छ।

यस मन्दिरमा रहेको शिवलिंग रावणका हजुरबुवा पुलस्त्यले स्थापना गरेको विश्वास गरिन्छ । रावणका पिता र रावणले पनि शिवलिंगको अगाडि तपस्या गरेको रामायणमा उल्लेख छ ।

रावण शिवभक्त थिए ।

salt training

कमेन्ट गर्नुहोस्