१७ असार २०८३, बुधबार

अँगालो हाल्दा कम हुन्छ तनाव, पुरुषभन्दा महिलामा बढी प्रभाव

असोज १८, २०७९
अँगालो हाल्दा कम हुन्छ तनाव, पुरुषभन्दा महिलामा बढी प्रभाव

अप्ठ्यारो अवस्थामा कसैले अँगालो हाल्यो भने तनाव कम महसुस हुने अनुसन्धानबाट देखिएको छ । अझ महिलाको सन्दर्भमा अँगाले हाल्नु बढी प्रभावकारी हुन्छ । ७६ जनामा गरिएको अनुसन्धानमा यो कुरा बाहिर आएको छ कि जब कसैले कुनै महिलालाई अँगालो हाल्छ भने त्यो व्यक्तिमा ‘कोर्टिसोल’ नामक तनाव गराउने हर्मोनको उत्पादन कम हुन्छ । 

स्मरणशक्तिको लागि तनाव कम गर्नु महत्वपूर्ण 

अनुसन्धानअनुसार, नकारात्मक घटनापछि कसैलाई अँगालो हाल्दा मानिसलाई राम्रो महसुस हुन्छ । यो अनुसन्धान अमेरिकाको एरिजोना विश्वविद्यालयमा गरिएको हो । अन्वेषकहरूका अनुसार ‘कोर्टिसोल’ले स्मरणशक्तिमा प्रभाव पार्न सक्छ, जसले तनावपूर्ण कार्यलाई अझ गाह्रो बनाउन सक्छ । जब एक व्यक्तिले मायाले अँगालो हाल्छ, ‘अक्सिटोसिन’ नामक हर्मोन उत्पादन हुन्छ । यसले ‘कोर्टिसोल’को प्रभावलाई कम गर्छ ।

यस्तै अनुसन्धान सन् २०१८ मा पनि गरिएको थियो । वैज्ञानिकहरू पनि भन्छन् कि अँगालो हाल्नु अघि अगाडिको व्यक्तिलाई आवश्यक छ वा छैन भनेर भने बुझ्नु पर्दछ । किनकि अगाडिको व्यक्तिको अवस्थाले मात्र अँगालो हाल्दा यसको प्रभाव बताउन सक्छ । यस अध्ययनको नतिजा नेचर जर्नलमा प्रकाशित भएको छ ।

किन पुरुषको अंगालोले कोर्टिसोल कम गर्दैन ?

अनुसन्धानअनुसार, धेरै पुरुषहरूले अँगालो हाल्नु राम्रो महसुस गर्दैन किनभने यसलाई सामाजिक रूपमा अप्ठ्यारो मानिन्छ । अर्कोतर्फ यसको सामाजिक कारण पनि हुनसक्छ । उनीहरूले आफूलाई सार्वजनिक स्थानमा अँगालो हाल्दा असहज महसुस गर्ने गरेकाले पनि यस्तो हुनसक्ने अनुसन्धानकर्ताहरूको आकलन छ । 

salt training

कमेन्ट गर्नुहोस्