२२ असार २०८३, सोमबार

‘ग्यापु टिकटक हिरोज सिजन २’ को फारम खुल्ला: साढे तीन लाखसम्मको पुरस्कार

कात्तिक ४, २०७९
‘ग्यापु टिकटक हिरोज सिजन २’ को फारम खुल्ला: साढे तीन लाखसम्मको पुरस्कार

अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ ।

टिकटक प्रयोगकर्ताले सहभागी हुनका लागि कात्तिक ४ देखि १८ गते भित्र ग्यापुको एपमा गइ निशुल्क फारम भर्न सक्नेछन् ।

सहभागी टिकटक प्रयोगकर्ताले जुनसुकै किसिमको भिडियो बनाएर आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्नुपर्ने हुन्छ । उत्कृष्ठ एक सय जनालाई छनौट गरि प्रतियोगितालाई अघि बढाउने व्यवस्था गरिएको ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए ।

उक्त प्रतियोगितामा विजेतालाई ३ लाख ५० हजार, प्रथमलाई २ लाख, दोस्रोलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्मा बताउँछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्