असोज २८, २०७९
सडकमा सानो व्यवसाय गरेर जीविका चलाइरहेका गरीब र सर्वसाधारणमाथि काठमाडौं महानगरले गरिरहेको दमन र अत्याचारले गर्दा गरीबको उठिबास लागेको छ । फूटपाथ खाली गर्ने नाममा महानगरले विकल्प नदिई सानो लगानीका...
काठमाडाैं | कात्तिक ७, २०७९
महेन्द्र सुवेदीले ३० वर्षअघि काठमाडौंमा रोजगारी खोज्ने सिलसिलामा नर्सरी पेशा अँगाले । विक्रम संवत् २०५० सालको कुरा हो ।
भर्खरै एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आएका बेला भिनाजुको भाइमार्फत नर्सरी पेशामा जोडिएका उनले लोकान्तरसँगको कुराकानीमा बताए ।
‘भिनाजुको भाइ दरबारको बगैंचा शाखाको प्रमुख थिए,’ उनले भने, ‘भिनाजुको आफ्नै प्राइभेट अमन नर्सरी पनि रहेछ । उहाँले मलाई त्यहीँ रोजगार लगाइदिनुभयो ।’
शुरूमा उनको तलब थियो ७०० रुपैयाँ । काम मालीको गर्नुपर्थ्यो । सधैंजसो माटोमा खेल्ने, फूलको बिरुवा रोप्ने उनको काम थियो ।
यसरी माटोमा खेल्ने जागिर गर्दा शुरूमा मन खिन्न भएको उनले बताए । ‘गाउँका साथीहरू भेट्दा म सधैँ गुनासो पोख्थे,’ उनले भने, ‘काठमाडौं आएर पनि यस्तै माटोमा खेल्ने जागिर खानुभन्दा त गाउँमै राम्रो हुन्थ्यो होला भन्थें, तर बिस्तारै फूल बिरुवासँग मेरो मोह बढ्दै गएकाले यो पेशा छाड्नै सकिनँ ।’
नर्सरीकै काम गर्न भनेर करीब साढे २ वर्ष कतार पनि बसेको उनले बताए । नेपाल फर्केपश्चात बिहे गरेर पत्नीलाई कतै सेटल गराउनुपर्यो भनेर किराना पसल खोले तर विदेशमा कमाएको सबै पैसा त्यो पसलमा डुबाएको नमीठो अनुभव उनले कुराकानीमा सुनाए ।
पछि फेरि नर्सरी कर्ममै जागिर खाने मनस्थिति बनाई उनले आफ्ना पुराना साथीभाइसँग सम्पर्क गरेर करीब २ वर्ष जागिर गरे तर उनलाई सन्तुष्टि भएन । त्यसपछि उनले आफ्नै नर्सरी खोल्ने सोच बनाए ।
जसोतसो २ वर्ष जागिर गरेर तलबबाट ८० हजार रुपैयाँ रकम बचत गरेको उनले बताए ।
‘त्यो रकम आफ्नै नर्सरीमा लगानी हालें । आफूले कमाएको पैसाले भौतिक संरचना बनाउन मात्र पुग्यो,’ उनले भने, ‘त्यसपछि फूल बिरुवा लगाउन चाहिने थप रकम साथीभाइसँग ऋण सापटी गरेर आफ्नै नर्सरी सञ्चालन गरें ।’
उनले थपे, ‘३० वर्ष पहिला फूल बिरुवाका सौखिन राणाहरू र शाह मात्र हुन्थे भने अहिले धेरैजसो मानिसहरू फूल बिरुवाका सौखिन भएका छन्, अहिले म महिनाकै ७ लाखसम्मको आर्थिक कारोबार गर्छु ।’
भिडियो :
सडकमा सानो व्यवसाय गरेर जीविका चलाइरहेका गरीब र सर्वसाधारणमाथि काठमाडौं महानगरले गरिरहेको दमन र अत्याचारले गर्दा गरीबको उठिबास लागेको छ । फूटपाथ खाली गर्ने नाममा महानगरले विकल्प नदिई सानो लगानीका...
भक्तपुर नगरपालिका वडा नम्बर– ५ को त्रिपुरासुन्दरी टोलमा बुधबार विहान वडाध्यक्ष योगेन्द्रमान बिजुक्छे आफैं स्थानीयको स्वास्थ्य परीक्षण गरिरहेका थिए । त्यसदिन मात्रै उनले स्थानीयको स्वास्थ्य जाँच गरेका हो...
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष ८ महिनाअघि (२०७८ वैशाख १२ मा) निकै तामझामका साथ उद्घाटन गरेको धरहरा निर्माण कार्य पूरा हुने सुरसार देखिँदैन भने सञ्चालनमा आउने मिति अनिश्चित छ । धरहराको स्तम्भ...
दशैं शुरू भइसकेपछि आएको भिसाका कारण खुशी नेपालमै छाडेर विदेशिनुपरेको पीडा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपालीले पोखेका छन् । रोजगारी, अध्ययन र आफन्तसँगको भेटघाटका लागि विदेशिने नेपाली ...
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा लगायत दर्जनौं संगठनहरूले बिहीवार माइतीघरदेखि बानेश्वरसम्म खबरद...
७० वर्षे मञ्जु शाक्य न्युरोडको फूटपाथमा डालो राखेर मास्क, हेडफोन बेच्छिन् । दैनिक व्यापार गरेर २००–३०० रुपैयाँ जोहो गर्छिन् । सोही रकमबाट दैनिक कोठा भाडा छुट्याउँछिन् अनि बचेको रकमले खाने दाल, चामल जोहो ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...