०३ असार २०८३, बुधबार
तिहार पर्व

लक्ष्मीपूजामा बालिएका बत्तीले काठमाडौं झिलिमिली [फोटोफिचर]

कात्तिक ७, २०७९
लक्ष्मीपूजामा बालिएका बत्तीले काठमाडौं झिलिमिली [फोटोफिचर]

हिन्दू नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई ‘उज्यालो पर्व’का रुपमा पनि लिइन्छ । तिहारमा देउसी भैली खेल्ने, चेलीले माइती पक्षलाई भाइटीका लगाइदिनुको अतिरिक्त घरआँगनमा झिलिमिली बत्ती पनि बाल्नाले झन् उल्लास थपिन्छ । 

‘उज्यालो भएको घरमा लक्ष्मीको बास हुने’ धार्मिक मान्यताअनुसार विशेष गरेर यमपन्चकको तेस्रो दिन लक्ष्मीपूजाको साँझ प्रत्येक घरमा बत्ती बाल्ने परम्परा छ । पछिल्लो समय घर–आँगनमा दियो, बत्तीको अतिरिक्त विद्युतीय बत्तीले घरलाई झिलीमिली बनाउने प्रचलन बसेको छ । यसवर्षको तिहारमा काठमाडौं झिलीमिली बत्तीले उज्यालो देखिएको छ । 

लक्ष्मीपूजाको साँझ काठमाडौंमा देखिएको दृश्यलाई क्यामेरामा कैद गरेर प्रस्तुत गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्