बैशाख २२, २०८१
प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...
तिहारलाई एक रंगिन पर्व मानिन्छ । सेलरोटी विना तिहार अधुरो रहन्छ । लक्ष्मी पूजा गर्दा होस् या देउसीभैलोलाई दिन होस्, सेलरोटी नभई हुँदैन । भाइटीकाको किस्तीमा पनि सेलरोटी विना अधुरो हुन्छ ।
तिहारको विशेषता भनेको सेलरोटी, फिनीरोटी, झिलिङ्गा रोटी, अनारसा, मालपुवा, लड्डु, बर्फी, रसगुल्ला, कुराउनी, पेडा, कालाकन्ड, गुलाब जामन निकै प्रख्यात छन् ।
यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरू भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । ५ दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो ५ दिवसीय पर्व विशेषगरी नेपालमा मनाइन्छ ।
तिहारमा बजारमा किनेको मिठाइ र रोटीहरू किन्नुभन्दा सकेसम्म घरमा आफैं बनाउन सके स्वस्थबर्द्धक पोषिलो हुन्छ । थोरै समय दिएर आफैंले बनाउँदा घरको माहोल पनि रमाइलो र परिवारमैत्री हुन जान्छ ।
यहाँ हामीले प्रमुख ३ तिहारका रोटीहरू बनाउने विधि उल्लेख गरेका छौं, जुन तिहारका लागि उपयोगी साबित हुन्छ ।
हनि नट्स सेलरोटी
हनि नट्स सेलरोटी बनाउन चाहिने सामग्रीः ताइचिन चामम–५०० ग्राम, शुद्ध नेपाली घ्यु–३ चिया चम्चा, चिनी–१/४ कप, मह–५ टेबल चम्चा, उसिनेर पिसेको काजु पेस्ट, सुजी–१/४ कप, मौदा–३ टेबल चम्चा, दूध–१ कप, सुकमेलको धुलो–पिन्च, बेकिङ सोडा–चिम्टी, पानीः आवश्यकताअनुसार ।
हनि नट्स सेलरोटी बनाउने तरिका ः चामललाई १ घण्टा भिजाएर छान्ने र घाम या हावामा सुकाउन राख्ने । हल्का सुक्खा हुनासाथ बल्यान्डरमा पिसेर एउटा बाटामा खन्याउने । घ्यु हालेर माडी–माडी मुछ्ने र एकछिन रेस्ट गराउने । केही समयपछि बाँकी सम्पूर्ण सामग्री हालेर माडी–माडी मुछ्ने । छोपेर २ देखि होल नाइट रेस्ट गराउने र बाक्लो सेल पकाउने तावामा तेल हालेर तताउने । हात या सोलीको माध्यमले बीचमा केही तिङ्ग या दियो राखी गोलो सेल रोटी पकाउने । यसरी तयार भएको सेलरोटी निकै स्वादिष्ट र क्रन्ची हुन्छ ।
रंगिन फिनी रोटी
रंगिन फिनी रोटी बनाउन चाहिने सामग्री ः मैदा–४ कप, चामलको पिठो–आधा कप, घ्यू–५ चम्चा, पानी– डो बनाउन आवश्यकताअनुसार, नून–स्वाद अनुसार, आइसिङ्ग सुगर–आधा कप, तेल–फ्राई गर्न पुग्ने, फूड कलर–रातो, पहेंलो, हरियो, गुलाबी १–१ चिम्टी
रंगिन फिनी रोटी बनाउने तरिका ः दुवै पिठो मिसाएर नून र घ्यू हाली माड्ने र तपाईंलाई कति कलरमा फिनी रोटी बनाउने हो, त्यति वटा बाटामा बराबर पिठो विभाजन गरी भिन्न–भिन्न ‘फूड कलर’ हाली आवश्यकताअनुसार पानी हाल्ने । माडी–माडी डो मुछेर घटीमा १५–२० मिनेट छोपेर रेस्ट गराउने । छुट्टाछुट्टै मुछेको पिठोलाई १–१ गरी बेल्ने । बेलेको सबै रोटीमा थोरै मैदा, चामलको पिठो र तेलले बनाएको लेदो दल्ने ।
सबै बेलेको रोटीलाई एकअर्कामाथि खप्टेर बिछ्याउने । अब सबै रोटीलाई एकसाथ समाएर रोल गर्ने र चक्कुले सानो–सानो पिसमा काटेर लाम्चो आकारमा बेल्ने । अब फिनी रोटीलाई तातेको तेलमा फ्राई गर्ने र यो पत्र–पत्र बनेर रंगिन देखिन्छ । नुनिलो मन पर्नेले यत्तिकै खादा हुन्छ भने गुलियो मन पर्नेले तातो–तातो पत्रे रोटीमा धुलो चिनी (आइसिङ्ग सुगर) छर्केर खान सकिन्छ ।
पत्रे रोटी केटाको विवाहमा जति प्रसिद्ध छ, त्योभन्दा पनि तिहारको भाइटीकामा अझै बढी महत्त्व राखेको हुन्छ । यदि तपाईंलाई प्रोसेस गरेको फूड कलर प्रयोग गर्न मन छैन भने चुकन्दरको जुस, गाँजरको जुस, पालकको जुस जस्ता प्राकृतिक रंग हालेर पिठो मुछ्न सक्नुहुन्छ ।
झिलिङ्गा रोटी
झिलिङ्गा रोटी बनाउन चाहिने सामग्री ः चामलको मसिनो पिठो–२ कप, पानी–लगभग ५ कप, खाने सोडा–पिन्च, ३ या ४ थरिको फूड कलर–सबै पिन्च, तेल तार्न आवश्यकताअनुसार ।
झिलिङ्गा रोटी बनाउने तरिका ः झिलिङ्गा रोटी बनाउन सबै पिठोलाई तातो उम्लेको पानीमा राम्ररी मुछ्ने र छुट्टाछुट्टै कलर हालेर पुनः ३ या ४ भागमा विभाजन गरी मुछ्ने । केहीबेर रेस्टमा राखी हल्का तेल मालिस गरी हाते मशिनमा डो हालेर छुट्टाछुट्टा प्लेट या केराको पातमा राखेर नूडल्स् जसरी तस्वीरमा देखाएझै सुकाउने र तातेको तेलमा फ्राई गरेर भाइटीकाको भागमा राखेर रंगिन बनाउन सकिन्छ । नेवारहरूले यो रोटीलाई सिन्का मरी भनेर तिहार तथा अन्य अवसरमा प्रयोग गर्छन् । पछिल्लो समय यो रोटी तयारी अवस्थामा पनि रंगरंगमा पाइन्छ । झिलिङ्गा रोटी तराईमा पनि निकै प्रसिद्ध छ ।
प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...