२८ असार २०८३, आइतबार

घरेलु कार्यालयको नाम परिवर्तनसँगै कार्य विवरण थपियो

कात्तिक ९, २०७९
घरेलु कार्यालयको नाम परिवर्तनसँगै कार्य विवरण थपियो

स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका–१ मा अवस्थित घरेलु तथा साना उद्योग कार्यालयको नाम परिवर्तन गरिएको छ । कार्यालयको नाम परिवर्तन भएसँगै कार्यालयबाट प्रदान गरिने सेवा, कार्य विवरण पनि थप भएको छ ।

साविकमा ‘घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जा’ रहेकामा कात्तिक १ गतेदेखि यस कार्यालयको नाम परिवर्तन गरी ‘पर्यटन तथा उद्योग कार्यालय स्याङ्जा’ राखिएको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ भदौ २० को बैठकको निर्णयानुसार स्वीकृत यस कार्यालयको नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनबमोजिम २०७९ कात्तिक १ गतेदेखि लागू हुने गरी नाम परिवर्तन र कार्य विवरण थप भएको कार्यालय प्रमुख श्रीप्रकाश रेग्मीले जानकारी दिए ।

साविकको कार्य विवरणमा थप भएको नयाँ कार्य विवरणअनुसार ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता अनुमति र नवीकरण, पर्यटकीय होटल, रिसोर्ट, लज, ट्राभल, गाइड, ¥याफ्टिङलगायत साहसिक पर्यटन आदिको प्रवद्र्धन, दर्ता अनुमति नवीकरण र नियमन गर्ने उनले बताए ।

पोखरामा रहेको पर्यटन कार्यालय खारेज भएसँगै उक्त कार्यालयबाट प्रदान गरिँदै आएका सेवा कात्तिक १ गतेदेखि गण्डकी प्रदेशका ११ वटै जिल्लास्थित साविकका घरेलु तथा साना उद्योग कार्यालय तथा हालको पर्यटन तथा उद्योग कार्यालयबाट हुने भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्