×

NMB BANK
NIC ASIA

केकी अधिकारी भन्छिन् - नेपालमा युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु सरह हो

कात्तिक १०, २०७९

NTC
Premier Steels

अभिनेत्री केकी अधिकारीले युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु सरह भएको बताएकी छन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीले फिल्म महोत्सव संसारका फिल्म मेकिङको कौशल जान्ने सुवर्ण अवसर भएको बताउँदै नेपाल युरोपियन फिल्म फेस्टिभलले दर्शक तथा फिल्मकर्मीलाई त्यो मौका उपलब्ध गराउने बताइन् । 

Muktinath Bank

फिल्म हेरिरहँदा युरोपका ठाउँसँगै युरोपको कला संस्कृतिसँग पनि साक्षात्कार हुने अवसर पाइने भएकाले आफूले यसलाई बिना पैसा वा सस्तोमा युरोप घुम्ने मौकाका रूपमा लिएको केकीले बताएकी छन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको ११औँ संस्करण काठमाडौंमा शुक्रवारबाट शुरु भइरहेको छ । अनलाइन र भौतिक गरी मिश्रित माध्यमबाट सञ्चालन हुने फेस्टिभल यो पटक काठमाडौं र सुर्खेत गरी दुई ठाउँमा सञ्चालन हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केकीले आफू अभिनेत्रीसँगै फिल्म निर्माणमा पनि सक्रिय रहेकाले युरोपियन फिल्म फेस्टिभलमा देखाइने फिल्म हेर्न उत्साहित रहेको बताउँछिन् । ‘म आफैँ पनि व्यावसायिकसँगै महोत्सव केन्द्रित फिल्म बनाइरहेकी छु । त्यसैले पनि यो महोत्सवलाई मैले उत्सुकतापूवर्क लिएकी छु । महोत्सवमा १३ वटा प्रतिष्ठित अवार्ड प्राप्त युरोपियन फिल्महरु देखाइँदैछन् । म सुटिङ वा यसको तयारीबाट फुर्सद मिलाएर पनि सबै फिल्म हेर्ने योजनामा छु’, उनले भनिन् ।


Advertisment
Nabil box
Kumari

केकीले केही दिनअघि मात्र ‘प्रसाद २’ साइन गरेकी छन्, जसको सुटिङ मंसिरको पहिलो साता हुँदैछ । केकीले नेपाल युरोपियन फिल्म फेस्टिभलमा युरोपियनसँगै नेपाली फिल्म पनि देखाइने भएकाले नेपाली फिल्म पनि युरोपियन दर्शकसम्म पुगिरहेको बताइन् ।

Vianet communication

‘महोत्सवमा नेपाली फिल्म पनि देखाइँदैछन् जुन युरोपका दर्शकले पनि हेर्नुहुँदैछ । यसले नेपाली कला संस्कृति त उता पुग्छ नै कालान्तरमा यसले सहकार्यको ढोका पनि खोल्न सक्छ’, केकीले भनिन् । 

केकीले युरोपका फिल्म नेपालमा देखाएजस्तै नेपाली फिल्म पनि विश्वका विभिन्न देशमा देखाउन पहल गर्नुपर्ने आवश्यकता रहेको औँल्याइन् । उनले भनिन्, ‘व्यक्तिगत रुपमा फिल्मकर्मीले आआफ्नो हिसाबले विश्वका फिल्म महोत्सवमा फिल्ममार्फत देशको प्रतिनिधित्व गरिरहनु भएको छ । तर, यसलाई संगठित रुपमा सरकारले पनि अगाडि बढाउन जरुरी छ । यसले नेपाली फिल्म र फिल्मकर्मीका लागि थप अवसरको ढोका खोल्न सक्छ ।’

नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण आउँदो कात्तिक ११ देखि १५ गतेसम्म हुनेछ  । महोत्सवमा  १३  युरोपेली  र ३ नेपाली चलचित्र प्रर्दशन हुने आयोजकले जनाएको छ । फिल्म फेस्टिभलको यो संस्करण काठमाडौंसँगै पहिलोपल्ट सुर्खेतमा पनि हुँदैछ । सुर्खेतको मध्यपश्चिम विश्व विद्यालयमा चार दिन चल्ने फिल्म महोत्सवमा ५ युरोपियन र ३ नेपाली फिल्म प्रदर्शन हुनेछन् । 

यसरी प्रदर्शन हुने ३ नेपाली फिल्ममा सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ पनि रहेको छ । महोत्सव कात्तिक १९ गते शुरू भएर २२ गते सकिनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x