१० साउन २०८३, आइतबार

‘के घर के डेरा’को लगानी सुरक्षित, एक सातामा कति कमायो ?

कात्तिक १२, २०७९
‘के घर के डेरा’को लगानी सुरक्षित, एक सातामा कति कमायो ?

दयाहाङ राई, विपिन कार्की स्टारर चलचित्र ‘के घर के डेरा’ले लगानी सुरक्षित गरेको छ । प्रदर्शनको एक सातामै चलचित्रले आफ्नो लगानी सुरक्षित गरेको निर्मातामध्येका एक शरद श्रेष्ठले जानकारी दिए । 

चलचित्रले एक सातामा ३ करोड ६३ लाख रुपैयाँ कलेक्सन गरेको छ । ‘लगानी सुरक्षित गर्न सफल भएको खुशीयालीमा निर्माण टिम यहाँहरू सबैमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि सबैको साथ, सहयोगको अपेक्षा राख्दछ’, निर्माण टिमले धन्यवाद ज्ञापन गरेको छ । 

विदेश राइट्स र डिजिटल राइट्सको हिसाब गर्ने हो भने चलचित्र नाफामा गइसकेको छ । दोस्रो साता पनि चलचित्र हेर्न हलमा दर्शकको उपस्थिति बाक्लो छ । दीपेन्द्र के. खनाल निर्देशित चलचित्रमा दयाहाङ, विपिनका साथमा सुरक्षा पन्त, वर्षा राउत, रबिन्द्र झालगायतका कलाकार मुख्य भूमिकामा छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्