
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वहरुलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तिन दिन मात्र बाँकी रहेको छ ।
यस योजनाको भरपुर लाभ लिन र बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न योजनामा सहभागी हुन कम्पनीले आग्रह गरेको छ । यो योजनामा सहभागी हुन ग्राहकले टीभीएसको कुनैपनि दुई पांग्रे सवारी साधन खरिद गर्नुपर्नेछ । योजनाअनुसार नकिन्दै एक लाख र किन्दा दश लाखसम्म छुट पाउन सक्नेछन्। यसका साथै हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले रियलमी फोन , २५ प्रतिशत डाउन पेमेन्ट र रु ४,२७७ को मासिक ईएमआइमै बाइक तथा स्कुटर पाउन सक्ने प्रावधानहरु समेटिएका छन् ।
जगदम्बा मोटर्स नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।