३० असार २०८३, मंगलबार

शौर्य सिमेन्टले ल्यायो 'शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल' अफर

कात्तिक १६, २०७९
शौर्य सिमेन्टले ल्यायो 'शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल' अफर

शौर्य सिमेन्टले 'शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर' शुरू गरेको  छ।

कार्तिक १५ देखि पौष ३० २०७९ सम्म लागु हुने यस योजना अन्तर्गत उपभोक्ताहरुले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हातखाली नजाने रु ५०० देखि रु १०,००० सम्मको कुपन स्क्र्याच गरी नगद प्राप्त गर्न सक्ने छन्।

 त्यसैगरी, ५० बोराभन्दा बढीको खरिदमा, एकभन्दा बढी कुपन प्राप्त गर्दा , शून्य अङ्क उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को  कुपनमा भएको रकम पछाडि शून्य थप गरी रु १ लाखसम्म नगद प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

उदाहरणका लागि : १०,००० +० = १,००,०००

कम्पनीका अनुसार, यद्यपि सयौं संख्यामा (०) को कुपन भए पनि प्रत्येक कुपनमा एकपटक मात्र शून्य (०) लाई पछाडि लगेर जोड्न मिल्नेछ।   साथै उक्त रकममा शून्य (०) थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माण स्थल मै रकम प्रदान गरिनेछ। 

शौर्य सिमेन्ट इण्डष्ट्रिजको सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ र ४३ ग्रेड ओ.पि.सी, ५३ ग्रेड ओ.पि.सी ,पि.एस्.सी र ५३ ग्रेड पि.पि.सी सिमेन्ट उत्पादन गर्दै आएको छ।  अन्तराष्ट्रिय स्तरको प्रोडक्सन प्लान्ट भएको शौर्य सिमेन्टले गुणस्तरमा एकरुपता कायम गरी द बेस्ट सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ। 

 

 

salt training

कमेन्ट गर्नुहोस्