३० असार २०८३, मंगलबार

शेयर बजारमा नेप्सेसँगै कारोबारमा वृद्धि

कात्तिक १६, २०७९
शेयर बजारमा नेप्सेसँगै कारोबारमा वृद्धि

धितोपत्र बजारमा बुधवार शेयर कारोबार मापक नेप्से परिसूचकका साथै कारोबार रकम समेत बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधवार नेप्से परिसूचक ७ दशमलव ३२ अंकले उकालो लागेर १ हजार ९३८ दशमलव ३० मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ७९ अंकले उकालो लागेर ३८२ दशमलव ९४ मा पुगेको छ । नेप्सेका अनुसार कूल २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता शेयर १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ मूल्यमा कारोबार भएको छ ।

बुधवार कारोबार भएका १३ उपसमूहमध्ये १० उपसमूहका शेयर मूल्यमा वृद्धि भएको छ । जसमध्ये बैंक, व्यापार र निर्जीवन बिमा उपसमूहका शेयर मूल्यमा गिरावट आएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । 

कम्पनीको ७ करोड ८५ लाख ६० हजार २१४ बराबरको कारोबार भएको छ । नबिल बैंक ५ करोड ६६ लाख १७ हजार ५९३, रिडी पावर कम्पनी ५ करोड १९ लाख ९५ हजार ८५८ र गोर्खाज फाइनान्स ३ करोड ९४ लाख ४५ हजार ६०० बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए । 

नेप्सेका अनुसार कर्पाेरेट डेभलपमेन्ट बैंकको मूल्य ८ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । कर्णाली डेभलपमेण्ट बैंकको ८ दशमलव ११, जोसी हाइड्रोपावर ५ दशमलव ९७, मानुसी लघुवित्त वित्तीय संस्था ५ दशमलव ७४ र ग्रीनलाइफ हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ४० प्रतिशतले कमाएका छन् । 

सबैको लघुवित्त वित्तीय संस्थाको ३ दशमलव ९६, माहुली लघुवित्त वित्तीय संस्थाको ३ दशमलव ५०, माउण्टेन हाइड्रोको २ दशमलव ४५, तारागाउँ होटलको २ दशमलव ३७ र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २ दशमलव ३३ प्रतिशतले गुमाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्