
चर्चित देउडा गायिका रेखा जोशीको स्वरमा ‘शिरफुल–सुनका बाला २’ गीत सार्वजनिक भएको छ ।
शुक्रवार सार्वजनिक गीतमा राजेन्द्र भट्ट (मिष्टर आरजे)को शब्द तथा संगीत छ ।
मोहित मुनालले गीतको संगीत संयोजन गरेका हुन् ।
रेखाको स्वरमा यो गीतको अडियो कर्णप्रिय छ । भिडियोमा अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टराईको रियल जोडीको जीवन्त अभिनय हेर्न सकिन्छ ।
अडियोको भावमा लक्ष्मी र जीवनले भिडियोमा अभिनय गरेका छन् ।
भिडियोमा लक्ष्मी र जीवनको साथमा अश्विनी बर्देवाको अभिनय छ ।
लक्ष्मी र जीवनकै निर्देशन रहेको भिडियोलाई बुद्ध लामाले छायाँकन, विष्णु खड्काले सम्पादन गरेका हुन् ।
सुदूरपश्चिमकी एक महिलाले काठमाडौंमा व्यापार गर्न गएका आफ्ना श्रीमानलाई सम्झिएर पोखेको भावनामा गीत र भिडियो तयार पारिएको हो ।