
इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले फराकिलो जीत निकालेको छ ।
आइतवार राति भएको खेलमा न्युकासलले साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराएको हो ।
जीतसँगै न्युकासल तेस्रो स्थानमा उक्लिएको छ ।
न्युकासलले १४ खेलमा २७ अंक जोडेको छ ।
साउथह्याम्पटन १२ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
अर्को खेलमा क्रिस्टल प्यालेसले वेस्ट ह्याम युनाईटेडलाई २-१ ले हराएको छ ।