कुमारी बैंकले आफ्ना शेयरधनीहरूलाई १२.५० प्रतिशत नगद लामांश वितरण गर्ने भएको छ ।
सोमवार बसेको बैंकको बाइसौं वार्षिक साधारण सभाले सो निर्णय पारित गरेको हो ।
यससँगै बैंकले कर प्रयोजन सहित चुक्ता पूँजीको १२.५०% नगद लाभांश वितरण गर्ने छ ।
सभा बैंकको केन्द्रीय कार्यालयमा संचालक समितिका अध्यक्ष अमिर प्रताप ज. ब. राणाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेस गरिएको आ.व. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.व. २०७८/७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०७९/८० को लागि वाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको छ ।