०५ साउन २०८३, मंगलबार

आक्रामक व्यापारपछि ‘पोन्नियिन सेल्भान १’को भव्य पार्टी

कात्तिक २२, २०७९
आक्रामक व्यापारपछि ‘पोन्नियिन सेल्भान १’को भव्य पार्टी

बलिउड फिल्म फिल्म ‘पोन्नियिन सेल्भान १’ ले बक्स अफिसमा आक्रामक कमाई गरेको छ ।

मणिरत्नमको फिल्म ‘पोन्नियिन सेल्भान १’ ले भारत तथा विदेशमा पनि राम्रो प्रतिक्रिया पाएको थियो । 

यसैबीच, फिल्मको ब्लकबस्टरको उत्सव मनाउन भव्य पार्टी आयोजना गरिएको थियो ।

जसको भिडियो तृषा कृष्णनले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन्। 

यस भिडियोमा ऐश्वर्या राई हरियो रंगको ड्रेसमा देखिएकी छिन् । 

उनीसँगै अभिषेक बच्चन र छोरी आराध्या पनि देखिएका छन् ।

भिडियोमा तृषा अभिषेकसँग पोज दिँदै सक्सेस पार्टीको मजा लिएको देखिन्छ । 

भिडियोको क्याप्सनमा त्रिशाले लेखेकी छिन्, ‘क्याप्शनका लागि यहाँको भाइब पर्याप्त छ।'

पोन्नियिन सेल्भान १ ले विश्वभर ४६० करोड भारतीय रुपैयाँभन्दा बढी कमाएको छ । 

यो फिल्म २०२२ को तेस्रो सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्