×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

मतदाता फकाउन गच्छदारको कलाकारिता : छिनमै हाँस्छन्, छिनमै आँसु झार्छन् !

कात्तिक २३, २०७९

NTC
Premier Steels

वि.सं. २०४८ र त्यसयता भएका सबै चुनावको नतिजा आफ्नो पोल्टामा पारेका चतुर राजनीतिक खेलाडी विजयकुमार गच्छदार सातौंपटक संसद् छिर्ने प्रयासमा छन् । 

Muktinath Bank

२०४८ देखि २०७४ सम्म भएका सबै चुनावमा गच्छदारले बाजी मारेका छन् । २०४८, २०५१, २०५६ र २०७४ गरी चारवटा चुनावमा उनले कांग्रेसबाट जिते । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी मधेशी जनअधिकार फोरमबाट निर्वाचित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकबाट चुनाव जिते ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०४८ मा उनले एमालेका लीला श्रेष्ठलाई झन्डै दोबर मतले पराजित गरी संसदको पहिलो यात्रा तय गरेका थिए । २०५१ को मध्यावधि चुनावमा एमालेका कुलदीप पेशकर र २०५६ मा एमालेकै रेवतीरमण भण्डारीलाई पराजित सिंहदरबार छिरे ।


Advertisment
Nabil box
Kumari

Vianet communication

२०६४ को चुनावमा उनले कांग्रेस छाडिसकेका थिए । मधेशी जनअधिकार फोरमबाट उम्मेदवार बनेका उनले कांग्रेसका अगमलाल चौधरीलाई झण्डै दोब्बर मतले पराजित गरे ।

२०७० को दोस्रो संविधानसभा चुनावमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट उम्मेदवार बने । फोरम (लोकतान्त्रिक)को अध्यक्ष गच्छदार आफैँ थिए । उनले ३६२ मतको अन्तरले एमालेकी भगवती चौधरीलाई हराएका थिए । 

त्यसपछि उनले आफ्नै नेतृत्वमा रहेको फोरम (लोकतान्त्रिक)लाई कांग्रेसमा विलय गराए । पुरानै घरमा फर्किएका गच्छदार कांग्रेसको उपसभापति बने ।

२०७४ को निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेर उनले दोस्रोपटक पनि भगवतीलाई पराजित गरे ।

भगवती र गच्छदार तेस्रोपटक आमनेसामने भएका छन् । ६ पटक सांसद भइसकेका गच्छदार सातौंपटक सांसद हुनका लागि घरदैलोमा व्यस्त छन् ।

माहोल हेरेर कहिले आँसु झार्ने, कहिले विकासका कुरा 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अपचलनसम्बन्धी प्रकरणमा उनले भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

भ्रष्टाचार मुद्दा दायर भएपछि गच्छदारको पद निलम्बनमा परेको थियो । २०७८ असार ३० गते विशेष अदालतले १० लाख धरौटीमा छाडे पनि उनको मुद्दा किनारा लागेको छैन ।

उनले यही मुद्दालाई चुनावी एजेन्डा बनाएका छन् । आफ्नो राजनीतिक करीयर सक्नका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले षडयन्त्र गरेको आरोप उनले लगाउने गरेका छन् ।

‘ललिता निवास जग्गा प्रकरणमा मेरो कुनै दोष नभए पनि फसाइयो,’ इटहरीको संगीत चोकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै गच्छदारले भने, ‘ओली नेतृत्वको सरकारले फसाए पनि जनताको न्यायालयबाट न्याय पाउँछु भन्नेमा म ढुक्क छु ।’ 

उनले अब आफू सातौंपटक जनताबाट अनुमोदित हुने विश्वास व्यक्त गरे ।

‘म जनताको अदालतबाट ६ पटक पास भएको छु । ७ औं पटक यसअघिको भन्दा धेरै भोट ल्याएर जितें भने मात्र मैले न्याय पाउनेछु,’ उनले भने । 

भाषण गर्दागर्दै उनले गहभरी आँसु पारेका थिए । उनले हरेकजसो चुनावी सभामा आँसु झार्ने गरेका छन् । कांग्रेसकै एक कार्यकर्ताले भने, ‘हाम्रो नेताजी कलाकार नै हुनुहुन्छ । धेरै भीड र महिलाहरू धेरै देख्नुभयो भने विभिन्न समस्या देखाएर धुरुधुरु रुनुहुन्छ ।’ 

उनले आफू सांसद र मन्त्री हुँदा धेरै काम गरेको दाबी गर्ने गरेका छन् । ‘मैले बजेट ल्याएर बाटो तथा पुल बनाएँ । त्यही बाटो र पुल हुँदै चिल्ला गाडीमा हिँड्छन्, अनि मेरै विरोध गर्छन्,’ गच्छदारले भन्ने गरेका छन्, ‘मैले जेलनेल बसेर गरेको दुःख कसैले सम्झँदैन ।’

विपक्षीहरू देखिँदा आत्मविश्वास देखाउन हाँस्छन्, पुरुषहरू र प्रबुद्ध व्यक्तिहरूको अगाडि विकासको कुरा गर्छन् अनि महिला तथा वृद्धवृद्धा भेट्दा आँसु झार्छन्, यसैगरी गच्छदारको चुनावी घरदैलो चलिरहेको छ ।

६ पटक सांसद, १२ पटक मन्त्री 

०४८ सालदेखि अहिलेसम्म गच्छदार १२ पटक मन्त्री भइसकेका छन् । चारपटक त उनी उपप्रधानमन्त्री नै बनेका छन् । 

गच्छदार २०४८ सालमा सञ्चार राज्यमन्त्री, २०५२, २०५४ र २०५५ सालमा निर्माण तथा यातायात मन्त्री, २०५६ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्री, २०५६ मै जलस्रोत मन्त्री, २०५८ मा जलस्रोत मन्त्री, २०६५, २०६६ र २०७२ मा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री, २०६८ मा उपप्रधान तथा गृहमन्त्री तथा २०७४ मा उपप्रधान तथा स्थानीय विकास मन्त्री बनेका थिए ।

सिंहदरबार छिर्ने उनको मोह अझै घटेको छैन । उनी यसपटक मात्र नभएर आगामी निर्वाचनमा पनि आफू चुनावी मैदानमै रहने बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x