१० साउन २०८३, आइतबार

ग्यापुले शुरू गर्‍यो हजारमा बजार

कात्तिक २४, २०७९
ग्यापुले शुरू गर्‍यो हजारमा बजार

 नेपाली इ कमर्स कम्पनी ग्यापु मार्केटले हजारमा बजार योजना सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत एक हजार रुपैयाँसम्म सबै किसिमका सामान किन्न सकिनेछ ।

हजार रुपैयाँमा लुगादेखि इलेक्ट्रिक सामानसम्म किन्न पाइने कम्पनीले जनाएको हो । 

यसमा विशेष गरेर जाडो मौसमका लागि न्यानो लुगाहरु धेरै राखिएको ग्यापु मार्केटप्लेसको डेपुटी सिइओ सुजनी केसीले जानकारी दिइन् ।

यो योजना कार्तिक २५ गतेदेखि शुरू भई लामो समयसम्म चल्ने बताइएको छ ।

लकडाउनको समयमा सञ्चालनमा आएको ग्यापुले अहिले नेपाल भरि नै घरायसी सामाग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामाग्री डेलिभर गर्दै आइरहेको छ ।

ग्यापुमा हजारभन्दा बढी भेन्डर र चार लाखबढी प्रोडक्ट उपलब्ध छन् । 

स्थापनाको छोटो समयमै वेबसाइट र मोबाइल एपमार्फत् ३ हजार पाँच सयभन्दा बढी भेन्डर्स र २ लाख १५ हजारभन्दा बढी ग्राहक दर्ता भई सेवा लिइरहेको कम्पनीले जानकारी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्