०६ साउन २०८३, बुधबार

ब्रह्मास्त्र २ मा दोहोरिनेछिन् आलिया ?

कात्तिक २४, २०७९
ब्रह्मास्त्र २ मा दोहोरिनेछिन् आलिया ?

बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएको केही दिन बितिसक्दा पनि चर्चाको विषय बनेको छ । 

‘ब्रह्मास्त्र पार्ट वन शिवा’ सिनेमाघरमा हेरेपछि दर्शकले अहिले ओटीटीमा हेरिरहेका छन् । 

अयान मुखर्जीद्वारा निर्देशित ब्रह्मास्त्र नोभेम्बर ४ मा ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो। 

अहिले यो फिल्मको अर्को सिक्वेलको स्टारकास्टको चर्चा भइरहेको छ । 

‘ब्रह्मास्त्र २’ मा दीपिका पादुकोण देखिने कि नहुने भन्ने चर्चा शुरूदेखि नै छ ।

सामाजिक सञ्जालमा दीपिका पादुकोणको एउटा भिडियो सार्वजनिक भएको छ, जसलाई ब्रह्मास्त्र पार्ट २ भनिएको छ । 

यस भिडियोमा दीपिका पादुकोण बच्चालाई काखमा बोकेर बसेको स्पष्ट देखिन्छ । 

यससँगै शाहरुख खान र दीपिका ब्रह्मास्त्र पार्ट २ मा देखिने चर्चा शुरू भएको छ । 

ओटीटीमा ब्रह्मास्त्र रिलिज भएपछि सानो शिवलाई काखमा लिने महिला अरु कोही नभई दीपिका पादुकोण हुन् भन्ने स्पष्ट भएको छ । 

यस फिल्मको सिक्वेलमा यो फिल्म देवको चरित्रको वरिपरि घुम्ने बताइएको छ ।

 देव अरु कोही नभई शिव (रणबीर कपूर) को बुबा हुन्, जसलाई यो भूमिका शाहरुख खानले निभाउने दाबी गरिएको छ। 

देवकी पत्नी अमृता (दीपिका पादुकोण) हुनेछिन् । 

जो ब्रह्मास्त्रको रक्षा गर्दै देखिनेछन्। ब्रह्मास्त्र तीन भागमा बनाइने बताइएको छ ।

मुखर्जीले आफैंले ब्रह्मास्त्रलाई तीन भागमा बनाउने कुरा पुष्टि गरेका छन् । 

 ​ब्रह्मास्त्रले बक्स अफिसमा ४ अर्ब ५० करोड भारतीय रुपैयाँ कमाएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्