
भनिन्छ माया गर्नेलाई हरेक हद पार हुन्छ, संसारको कुनै शक्तिले रोक्न सक्दैन ।
सायद यही कारणले भारतस्थित राजस्थानकी एक महिलाले आफ्नो प्रेम प्रमाणित गर्न आफ्नो लिंग परिवर्तन गराएकी छन्।
यो घटना भरतपुरको दीग तहसीलको हो। शारीरिक शिक्षाकी महिला शिक्षिका मीरा आफ्नै विद्यालयकी छात्रा कल्पनासँग प्रेममा परेको बताइएको छ ।
प्रेम यति बढ्यो कि शिक्षिका मीरा लिंग परिवर्तन गरेर पुरुष बनिन् ।
उनको २ दिनअघि कल्पनासँग विवाह भएको बताइएको छ ।
विवाहपछि दुवै जना निकै खुसी देखिन्छन् ।
योसँगै दुवैको परिवार पनि उनीहरुको विवाहबाट निकै खुसी छन् ।
लिंग परिवर्तन गरेपछि मीराबाट आरव बनेका बेहुलाले आफू सरकारी विद्यालयमा शारीरिक शिक्षक भएको बताएको भारतीय सञ्चारमाध्यममा खबर छ ।