×

NMB BANK
NIC ASIA

मंसिर-४ संविधान रक्षक र विरोधीको लडाइँको फैसला गर्ने दिन हो : प्रचण्ड

कात्तिक २७, २०७९

NTC
Premier Steels

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावले संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन् ।

Muktinath Bank

गोरखाको सहिद लखन गाउँपालिकास्थित धैरुङ्ममा आइतबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा दुई गठबन्धन चुनावी मैदानमा रहेको भन्दै संविधानको रक्षा गर्ने वाम–लोकतान्त्रिकको पक्षमा जनताले मत दिने विश्वास व्यक्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“एउटा गठबन्धन केपी ओलीले नेतृत्व गरेका छन्, जहाँ संविधान विरोधी, गणतन्त्र विरोधी शक्तिहरू मिलेर बनेको छ”, उनले भने, “अर्को गठबन्धन मेरो र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा छ जसले संविधानको रक्षा गर्दै आएको छ, अबको चुनावमा जनताले संविधानको विरोधीलाई परास्त गर्नुपर्छ ।”


Advertisment
Nabil box
Kumari

प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गर्नेतर्फ आफ्नो ध्यान मुख्य रुपमा केन्द्रित भएको बताए । 

Vianet communication

“राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी आयोजना छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्नेमा म प्रतिबद्ध छु”, उनले भने, “त्यसका लागि आवश्यक पहल गर्नेछु ।” उनले आफू कुनै निश्चित क्षेत्रभन्दा पनि समग्र गोरखाको विकासका लागि यहाँ आएको बताए । “प्राविधिक कारणले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडेको छु”, उनले भने, “तर म कुनै विशेष क्षेत्रभन्दा पनि समग्र गोरखाको विकासका लागि गोरखा आएको हुँ ।”     

वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले उत्तरी गोरखामा विकासको निर्माण अवस्था जहाँको तही रहेको बताए । उनले केही दलका उम्मेदवारले विकासको भ्रम फिजाएर हिँडेको भन्दै एमालेका उम्मेदवारले भाषणमा विकास गरे पनि वास्तविकतामा गोरखा क्षेत्र नम्बर १ को अवस्था उस्तै रहेको दाबी गरे । 

“म सडक बनाएर पुल बनाउँछु”, उनले भने, “सडक विनाको पुल बनाउँदिन ।” बजगाईंले अब निर्वाचन जितेर गएपछि अन्य कुनै प्रकारको अनैतिक काम नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x