×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

ग्राउन्ड जिरो सप्तरी–२ : उपेन्द्र, सीके र जयप्रकाशबीच त्रिपक्षीय टक्कर, क्लियर भइसकेको छैन चित्र !

कात्तिक २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सप्तरी–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि भइरहेको निर्वाचनमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सत्ता गठबन्धनको घटक दल लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट जयप्रकाश ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतबीच प्रतिस्पर्धा देखिएको हो । 

Muktinath Bank

यादव र ठाकुर २०७४ सालको चुनावमा पनि यही क्षेत्रबाट भिडेका थिए । उक्त चुनावमा पनि त्रिकोणात्मक प्रतिस्पर्धा थियो । त्यतिबेला यादवले चुनाव जित्दा ठाकुर तेस्रो स्थानमा सीमित भएका थिए भने नेकपा माओवादी केन्द्रका उमेश यादव निकटतम प्रतिद्वन्द्वी बनेका थिए । यसपटक उमेश यादव सत्ता गठबन्धनबाट प्रदेश सभामा उम्मेदवार भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले नयाँ अनुहारका रूपमा सीके राउत थपिँदा यस क्षेत्रमा फेरि पनि त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको हो ।


Advertisment
Nabil box
Kumari

उपेन्द्र यादव

Vianet communication
Laxmi Bank

दुई चर्चित व्यक्तित्व यादव र राउत भएका कारण मिडियादेखि सामाजिक सञ्जाल, पर्चा पम्फ्लेट तथा प्रचारप्रसारमा उनीहरूबीच द्विपक्षीय प्रतिस्पर्धा भइरहेको देखिन्छ । तर संगठनको मतका साथै नखुलेको (हिडन) मतका कारण ठाकुर पनि रेसमा दह्रो गरी उभिएको बताइन्छ ।

लोसपाका एक नेताका अनुसार, सप्तरीका प्रभावशाली नेता जयप्रकाश गुप्ताको समर्थन ठाकुरलाई छ । उपेन्द्र यादवविरुद्धको मतलाई ठाकुरतर्फ डाइभर्ट गराउन उनले पनि भूमिका खेलिरहेको ती नेताले बताए ।

‘शुरूमा ठाकुरकै माहोल थियो तर उनले आफ्नो मत संरक्षण नै गर्न सकेका छैनन्,’ लोसपाकै अर्का एक नेताले भने, ‘उहाँ एक व्यवसायी भएकाले राजनीतिक चरित्र देखाउन सक्नुभएको छैन । कार्यकर्ताहरू नै उहाँसँग असन्तुष्ट देखिएका छन् ।’ व्यवसायी भन्दा पनि मैदानमा देखिएका दुई राजनीतिक व्यक्तित्वमध्ये कुनै एकलाई छनोट गर्ने विकल्पका बारेमा मतदाताहरूले सोच बनाइरहेको उनले बताए । 

सप्तरी २(क) मा प्रतिपक्षी गठबन्धनबाट जसपाका शैलेन्द्र साह उम्मेदवार छन् । उनी मधेश प्रदेश सरकारमा बहालवाला अर्थमन्त्री हुन् । २(ख) मा सत्ता गठबन्धनबाट लोसपाका सरोज मण्डल र जनमत पार्टीबाट सतिश सिंह उम्मेदवार छन् । सरोज मण्डल विगतमा माओवादी केन्द्रमा आबद्ध थिए । 

त्यसैगरी जनमत पार्टीबाट उठेका सिंह भने लोसपाबाट राष्ट्रिय सभामा सांसद रहेका शेखर सिंहका छोरा हुन् । उनी तिलाठी– कोइलाडी गाउँपालिकामा २०७४ सालको चुनावमा अध्यक्ष निर्वाचित भएका थिए भने २०७९ सालको स्थानीय चुनावमा लोसपाबाट दोहोरिएपछि अध्यक्षमा पराजित भएका थिए । 

उता सप्तरी २(ख) मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उमेश यादव, प्रतिपक्षी गठबन्धनबाट जसपाका लक्ष्मण यादव र जनमत पार्टीबाट महेश यादव उम्मेदवार छन् । जनमतबाट उठेका यादव विगतमा माओवादी केन्द्रमा आबद्ध थिए ।

उक्त क्षेत्रमा राजविराज नगरपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी–कोइलाडी गाउँपालिका र महादेवा गाउँपालिका पर्छ । राजविराज नगरपालिकामा जसपा, छिन्नमस्ता गाउँपालिकामा लोसपा, तिलाठी–कोइलाडीमा नेपाली कांग्रेस र महादेवा गाउँपालिकामा लोसपाले जितेका छन् । यसरी तीन पालिकामा सत्ता गठबन्धनको जीत भएको छ भने राजविराज नगरपालिका मात्र जसपाले जितेको छ । 

उपेन्द्र यादव

तर सप्तरी–२ पुग्दा लोसपाको खासै प्रचारप्रसार नभएको पाइयो । जताततै उपेन्द्र यादव र सीके राउतका तस्वीरसहितका पोस्टर टाँसिएका थिए । यसबाट भ्रमित नहुन एक स्थानीय पत्रकारले सुझाव दिए । 

‘मिडियामा उपेन्द्रजी र सीके राउतजीको मात्र बढी चर्चा  गरिएको छ, तर जयप्रकाश ठाकुर पनि प्रतिस्पर्धामा हुनुहुन्छ,’ ती पत्रकारले लोकान्तरसँग भने, ‘कसले जित्नुहुन्छ भन्ने कुराको हालसम्म सुनिश्चितता छैन । तीनैजना उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।’ अन्ततोगत्वा संगठन र जातिगत संरचनाको आधारमा मत जाने उनको अनुमान छ ।

उक्त क्षेत्रमा सबैभन्दा बढी मत यादव जातिको छ । १७ हजार यादवको, १० हजार मुस्लिमको, २८ हजार मत मण्डल, धानुक, केवट, खत्वेको छ । त्यसैगरी ८ हजार ब्राह्मण, कायस्थ र राजपुतको मत छ भने ५ हजार वैश्यको पनि मत छ । १० हजार जति दलितको पनि मत रहेको ती स्थानीय पत्रकारले बताए ।

जसपाका अध्यक्ष यादवलाई अधिकतम यादवको मत जान सक्ने तथा मुस्लिममा पनि आधा जति मत जान सक्ने भएकाले यादव बलियो देखिएका छन् । ‘मधेश प्रदेशमा मुस्लिम समुदायका लालबाबु राउतलाई पूरा ५ वर्षका लागि मुख्यमन्त्री बनाएका कारण मुस्लिममध्ये आधा जति मत उपेन्द्रजीले पाउनुहुन्छ,’ राजविराजमा भेटिएका एक अधिवक्ताले लोकान्तरसँग भने, ‘त्यसबाहेक ब्राह्मण सहित फरवार्डको पनि आधा मत उहाँले पाउनुहुन्छ । ती सबै जातिगत मतका आधारमा पनि आजसम्मको परिस्थितिमा उपेन्द्रजी नै बलियो देखिनुभएको छ ।’

तर राजविराजमै भेटिएका अर्का एक प्राध्यापक भने दलित सहित मण्डलजातिमा सीके राउतको बलियो पकड भएका कारण सीके राउत नै बलियो देखिएको दाबी गर्छन् । ‘यादव र मुस्लिममा सबै मत उपेन्द्रजीमा जाँदैन होला,’ उनले थपे, ‘तर दलित र मण्डल, खत्वे, धानुकको अधिकांश मत सीके राउतमा जाने देखिएकोले राउतजीको अवस्था पनि बलियो नै छ ।’

अर्कातर्फ पाँचदलीय गठबन्धनका कारण लोसपा उम्मेदवार ठाकुर पनि उत्ति नै बलियो देखिएको स्थानीयहरू बताउँछन् । गठबन्धनमा प्रदेश सभामा उम्मेदवार रहेका उमेश यादवका कारण यादवको मत उपेन्द्रजी बाहेक जयप्रकाश ठाकुरमा पनि विभाजन हुने कतिपयको बुझाइ छ । 

‘गत चुनावमा उहाँ स्वतन्त्र उठ्दा आफनै एकल प्रयासमा ११ हजार जति मत ल्याउनु भएको थियो,’ राजविराजका शंकर मिश्रले भने, ‘यसपटक त उहाँलाई नेपाली कांग्रेस र माओवादी केन्द्रको मत पनि थपिने भएकाले ठाकुरजी पनि बलियो नै देखिनुभएको छ ।’ 

यसरी हेर्दा तीनै उम्मेदवारबीच प्रतिस्पर्धा देखिए पनि माहोल भने सीके राउतले बनाएका देखिन्छन् । 

मधेश प्रदेशका अन्य क्षेत्रभन्दा पनि सबैभन्दा बढी यही क्षेत्रमा चुनाव लागेको देखिएको थियो । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकादेखि क्षेत्रका ग्रामीण भेगहरूमा समेत हरेक सडक, गल्ली, चोकचौराहा वा भित्ता सबै ठाउँमा हरेक राजनीतिक दलका उम्मेदवारहरूको पोस्टर, पर्चा पम्फ्लेट टाँसिएको देखिएको थियो । 

लोकान्तरकर्मीहरू पुगेको भोलिपल्ट भने सुरक्षाकर्मीहरूले सबै पर्चा पम्फ्लेटहरू हटाएका थिए । ठाउँठाउँमा भित्ताहरूमा टाँसिएको उपेन्द्र यादवको पर्चा भने च्यातिएको अवस्थामा देखिएको थियो ।

उपेन्द्र यादव पक्षधरहरू सीके राउत समर्थकले ती सबै पोस्टर च्यातेको आरोप लगाउँछन् । उता सीके राउतका समर्थक भने त्यो आरोप गलत रहेको बताउँछन् । 

जनमत पार्टीका उपमहासचिव इन्द्रभूषण यादव आफूहरूले पोस्टर नच्यातेको दाबी गर्छन् । ‘हाम्रो पार्टीलाई बदनाम गराउनका लागि मात्र आरोप लगाइएको हो,’ जनमत पार्टीको जिल्ला कार्यालयमा भेटिएका यादवले लोकान्तरसँग भने, ‘प्रहरीले आफ्नो इन्टेलिजेन्स लगाएर छानबिन गरे सहजै पत्ता लाग्छ ।’ 

सीके राउत

भरिभराउ राजविराज 

राजविराज पछिल्लो केही सातादेखि भरिभराउ छ । मधेशका हरेक जिल्लादेखि देशका अन्य जिल्लाबाट पनि मानिसहरू अहिले राजविराज आइपुगेका छन् । त्यति मात्र नभई भारतीयहरू पनि राजविराज पुगेका छन् । बाहिरका धेरै मानिस आएकाले राजविराजका सबै होटल भरिभराउ छन् ।

एक स्थानीय पत्रकारका अनुसार, अहिले सबैको चासोको केन्द्र नै सप्तरी–२ बनेको छ । ‘मधेशका दुई ठूला नेता लडेका कारण मधेशी जनताको चासो त छँदैछ,’ ती पत्रकारले लोकान्तरसँग भने, ‘त्यसबाहेक विदेशी शक्तिहरूको पनि चासो बढेको देखिन्छ ।’ भारत, चीन, अमेरिका र युरोपेली मुलुकुहरूसम्मको चासो यस क्षेत्रको चुनावमा देखिएको उनले बताए ।

राजविराज–११ झलहीका महेश प्रसाद यादव भने सीके राउतकै माहोल रहेको ठोकुवा गर्छन् । ‘पाँच वर्ष हामीले उपेन्द्र यादवलाई हेर्‍यौं । अब एकपटक सीके राउतलाई पनि मौका दिएर हेर्नुपर्छ,’ यादवले भने, ‘मधेश आन्दोलन भएको १५ वर्षदेखि उहाँले जनतालाई ठग्दै सत्तामा पुगेर आफ्नो स्वार्थ पूरा गर्दै आउनुभएको छ । त्यसकारण अब एकपटक सीके राउतलाई पनि हेरौं भन्ने माहोल बनेको छ ।’

छिन्नमस्ता गाउँपालिका–१ का सूर्यनारायण राम पनि राउतलाई नै मत दिने बताउँछन् । ‘उहाँ जितेर जानुभयो तर पाँचवर्षमा एकपटक पनि हाम्रो गाउँमा आउनुभएको छैन,’ उनले भने ‘त्यसमा पनि हामी दलितलाई यादवहरूले बढी नै हेपिरहेका छन् । यतातिरको सबै दलितको मत सीके राउतलाई नै जान्छ ।’ पहिलाको जस्तो यसपटक दलितको मत पैसामा नबिक्ने उनले बताए । 

त्यही गाउँका किसुन रामले पनि जसपाले यादवलाई मात्र हेरिरहेको, जुनसुकै योजना पनि यादव जातिका कार्यकर्तालाई मात्र दिने गरेका कारण दलितले यसपटक सीके राउतलाई मत दिने बताए । ‘पाँच वर्षदेखि प्रदेश सरकारमा जसपा छ । तर हाम्रो लागि कुनै पनि काम गरिदिएन,’ उनले भने, ‘झन् केही तलमाथि हुँदा हामीलाई न्याय गर्नुपर्नेमा उल्टै दमन र शोषण नै गर्ने गरेका छन् ।’

स्थानीय मतदाता

राजविराज–२ राजदेवी टोलका मृगेन्द्र यादव भने जसपा अध्यक्ष यादवको पहलमा सप्तरीमा विकासको बाढी नै आएको हुनाले सबै जनता यादवलाई मत दिने पक्षमा रहेको बताउँछन् । ‘उहाँ उपप्रधानमन्त्री भइसकेको, प्रधानमन्त्री हुने क्षमता रहेको नेता हो,’ उनले भने, ‘सीके राउतले बाहिरबाट आफ्ना पार्टीका नेता तथा कार्यकर्ता ल्याएर माहोल बनाउन खोज्नुभएको छ । ती सबै गैरमतदाताहरू हुन् । यहाँका वास्तविक मतदाताले उपेन्द्रजीलाई नै मत दिनेछन् ।’

एमाले जिल्ला कमिटी सदस्य ललितनारायण रजक (धोबी) पनि उपेन्द्र यादव नै जित्ने ठोकुवा गर्छन् । ‘उपेन्द्रजी राष्ट्रिय नेता मात्र होइन मधेश आन्दोलनको मसिहा नै हो,’ उनले भने, ‘उहाँ सप्तरीबाट जितेर गएपछि दीर्घकालीन विकास निर्माणका धेरै काम पनि गर्नुभएकोले उहाँको जीत निश्चित छ ।’ गत चुनावको भन्दा यसपटक मतान्तर भने कम हुने उनले बताए ।

उता राजविराजको मलेठमा भएको घटनाका प्रत्यक्षदर्शी राजविराज नगरपालिका वडा नम्बर ९ का भूपेन्द्र प्रसाद यादव पनि ३० प्रतिशत जति यादवको मत यसपटक सीके राउतमा नै जाने बताउँछन् । उनी विगतमा नेकपा माओवादी केन्द्रमा आबद्ध थिए । 

‘मलेठ घटना हुँदा म पनि आन्दोलनकारीको रूपमा सहभागी थिएँ । राज्यको चरम दमनका कारण मलेठमा त्यत्रो ठूलो घटना भयो,’ उनले थपे,‘ प्रहरीले गोली चलाउँदा मलेठका सन्जन मेहता, पिताम्बर मण्डल, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । त्यसको छानबिन गर्नका लागि प्रदेश सरकारले आयोग नै गठन गरेको थियो तर प्रतिवेदनसम्म सावर्जनिक गर्न सकेन ।’ 

जसपाले मलेठ घटनाको विषयमा बोल्न पनि डराइरहेको हुनाले पनि मलेठका जनताले यसपटक यादवलाई मत नदिने उनको कथन छ ।

मधेश आन्दोलनमा घाइते भएका मलेठका रामगमन साहले पनि जसपाले आन्दोलनकारीहरूसँग अन्याय गरेको बताए ।

‘अहिले पनि मेरो जिउमा गोलीका आठ वटा छर्राहरू छन्,’ उनले भने, ‘मधेश आन्दोलनका कारण उपेन्द्र यादव पटकपटक सत्तामा जान सफल हुनुभयो तर मधेश आन्दोलनका घाइतेहरूलाई एकपटक पनि फर्किएर हेर्न समेत आउनुभएन ।’

स्थलगत रिपोर्टिङका क्रममा लोकान्तरसँग भेटिएका धेरैजसो मानिस उपेन्द्र यादवबाट असन्तुष्ट रहेको देखिएको थियो । संविधान संशोधन र पुनर्लेखन गर्छौं भनेर २०७४ सालमा चुनाव जितेर गएपनि संविधान संशोधनको मुद्दालाई विसर्जन गरिदिएको स्थानीयहरू आरोप लगाउँछन् । 

सीके राउत

‘चुनाव जित्नुअघि जहिल्यै पनि मधेशको मुद्दा उठाउने, आन्दोलन गराउने, जनतालाई बलिदान गराउने गर्नुहुन्छ,’ मधेश आन्दोलनका घाइते साहले लोकान्तरसँग भने, ‘तर चुनाव जितेर गएपछि सबै मुद्दा बिर्सेर पहिले मन्त्री खानुहुन्छ । उहाँले पटकपटक जनतालाई ठग्नुभयो तर यसपटक जनता ठगिनेवाला छैन ।’ यादवको विकल्प खोज्नुपर्छ भन्नेमा मतदाताहरूले मन बनाइसकेको उनले बताए ।

अर्कातर्फ जसपा अध्यक्ष यादव भने चुनाव सहजै जितिरहेको दाबी गर्छन् । ‘सीके राउतको चटकले मलाई कुनै असर परेको छैन,’ राजविराजमा उनले लोकान्तरसँग भने ‘विकास निर्माणको धेरै काम गरेको छु । अधुरो कामलाई पूरा गर्नका लागि पनि जनताले मलाई जिताउनुहुन्छ ।’

उता जनतालाई पटकपटक ठग्दै आएको आरोप उपेन्द्रमाथि लगाउँदै उनको विरुद्धमा आफूलाई जनताले नै जिताउने दाबी सीके राउतले गरेका छन् । ‘जनता अब सचेत भइसकेका छन् । टुरिस्ट उम्मेदवारको साटो आफ्नै गाउँठाउँका नेतालाई चुनाव जिताउनेमा म ढुक्क छु ।’

अर्कातर्फ लोसपा उम्मेदवार ठाकुर पनि गठबन्धनको मतका कारण आफू सहजै जित्ने दाबी गर्छन् । ‘गत चुनावमा एक्लै स्वतन्त्र लड्दा १० हजार मत पाएको थिएँ । यसपटक त पाँच दलको गठबन्धन छ । गठबन्धनका साथीहरू पनि एकजुट भएर चुनावमा लाग्नुभएको छ,’ ठाकुरले लोकान्तरसँग भने, ‘सत्ता गठबन्धनको ३७ हजार मत छ भने प्रतिपक्षी गठबन्धनको १९ हजार मत मात्र छ । लगभग दोब्बर मतको अन्तर भएका कारण पनि चुनाव जित्नेमा म ढुक्क छु ।’ 

जयप्रकाश ठाकुर

जनमत पार्टीले स्थानीय निर्वाचनमा ल्याएको मतपरिणाम अनुसार ३ हजार मात्र मत रहेकाले सीके राउतसँग कुनै प्रतिस्पर्धा नै नरहेको उनले बताए । आफ्नो प्रतिस्पर्धा कसैसँग नभएपनि दोस्रो निकटतम प्रतिद्वन्द्वी भने उपेन्द्र यादव नै भएको उनको कथन छ ।

‘जनताले मलेठ घटना बिर्सेको छैन,’ ठाकुरले लोकान्तरसँग भने,  ‘जसलाई उपेन्द्रजीले प्रतिगमनकारी भन्नुभयो अहिले त्यसैसँग गठबन्धन गर्नुभएको छ,’ ठाकुरले लोकान्तरसँग भने, ‘नागरिकता विधेयक पनि जनताले बिर्सेको छैन । विगत पाँच वर्षमा उपेन्द्रजीले गरेको गतिविधि पनि जनताले हेरेका छन् ।’

वैदेशिक रोजगारीमा गएकाहरूले आ–आफ्ना घरमा फोन गरेर राउतलाई नै मत दिन भनिरहेको स्थानीय जानकारहरू बताउँछन् । अर्कातर्फ उपेन्द्र यादवले आफ्नै कारण देशमा संघीयता सहित विभिन्न उपलब्धि हासिल भएको र विकासको बाढी नै बगाएको भन्दै मतदातालाई कन्भिन्स गर्ने प्रयास गरिरहेका छन् । ठाकुरले भने नागरिकता विधेयकलाई प्रमुख हतियार बनाएको देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x