१० साउन २०८३, आइतबार

विश्वकप लक्षित गर्दै लक्ष्मी बैंकले ल्यायो ‘सेभ लाइक अ च्याम्पियन’

कात्तिक २९, २०७९
विश्वकप लक्षित गर्दै लक्ष्मी बैंकले ल्यायो ‘सेभ लाइक अ च्याम्पियन’

फिफा विश्वकप २०२२ लाई  लक्षित गर्दै लक्ष्मी बैंकले बचतको नयाँ योजना सार्वजनिक गरेको छ ।

बैंकले ‘सेभ लाइक अ च्याम्पियन (बचत गरों, च्याम्पियन बनौं)’ सञ्चालन गर्ने जनाएको छ ।

यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको बैंकको भनाइ छ । 

अभियान  नोभेम्बर २०, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म संचालन हुनेछ ।

यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज (बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बेैकिंङ्ग, डिम्याट खाता, मेरो शेयर, भाइबर बैंकिङ्ग, इमेल समाधानहरुं) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्रदान गरिने बैंकले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । 

बैंकका अनुसार, बचत खाताका अफरहरूका साथै, ग्राहकहरुले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्