
बलिउडको बहुप्रतीक्षित फिल्म 'उचाइ' ले भारतको बक्स अफिसमा आक्रामक व्यापार गरेको छ ।
गत शुक्रवार बक्स अफिसमा आएको यस चलचित्रले हालसम्म १२.०४ करोड भारतीय रुपैयाँ कमाएको छ ।
निर्माता सुरज बडजात्याको बहुप्रतीक्षित यस चलचित्र ‘उचाई’ लाई शुरूदेखि नै सकारात्मक समीक्षा पाएको छ ।
फिल्मले सोमवार मात्रै १.८८ करोड भारतीय रुपैयाँ कमाएको छ ।
भारतका ट्रेड विश्लेषक र फिल्म समीक्षक तरण आदर्शले ट्वीटरमा फिल्मको बक्स अफिस कमाइ शेयर गरेका छन् ।
उचाइले चौथो दिनमा बलियो पकड कायम राखेको उनले लेखेका छन् ।
फिल्मले हलमा आएको पहिलो दिन शुक्रवार १.८१ करोड, शनिवार ३.६४ करोड भारतीय रुपैयाँ, आइतवार ४.७१ करोड र सोमवार १.८८ करोड भारतीय रुपैयाँ कमाएको छ ।
फिल्ममा अमिताभ बच्चनका साथै अभिनेता अनुपम खेर र बोमन इरानी पनि मुख्य भूमिकामा छन् ।
फिल्ममा परिणिती चोपडा र नीना गुप्ताको पनि मुख्य भूमिका छ ।
मित्रताको परिकल्पनामा घुमेको यो चलचित्र नोभेम्बर ११ मा रिलिज भएको हो ।