×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

ललितपुर– ३ : पम्फा भुसालको चुनावी घरदैलोमा जे देखियो [फोटो र भिडियो]

‘जनताका आवश्यकता बुझेकी छु, चुनाव जित्नेमा ढुक्क छु’

कात्तिक ३०, २०७९

NTC
Premier Steels

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू यतिबेला चुनावी प्रचार–प्रसारको अन्तिम समयमा आइपुगेका छन् ।

Muktinath Bank

चुनाव प्रचारको समयसीमा सकिन लाग्दा उम्मेदवारहरूले प्रचार–प्रसारलाई थप सक्रिय बनाउँदै लगेका छन् । चुनावी सभादेखि घरदैलो कार्यक्रमहरूले दिनभर उम्मेदवारलाई फुर्सद मिलेको देखिँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैक्रममा, ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी पम्फा भुसाल पनि घरदैलो कार्यक्रममा निकै सक्रिय देखिन्छिन् । 


Advertisment
Nabil box
Kumari

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव रहेकी भुसाल बिहानैदेखि घरदैलो एवं चुनावी सभामा सक्रिय हुने गरेकी हुन् ।

Vianet communication

भुसाल वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट ‘हँसिया हथौडा’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएकी हुन् । 

मंगलवार बिहान ललितपुर भैँसेपाटी क्षेत्रमा पुग्दा भुसालको घरदैलोमा छुट्टै उत्साह देखिन्थ्यो ।

दर्जनौं कार्यकर्ताहरूको साथमा भुसाल बिहान ८ बजेदेखि झण्डै ३ घण्टाभन्दा लामो समय पैदल हिँडेरै भैँसेपाटीका विभिन्न क्षेत्रमा पुगिन् ।

घरदैलो गरिरहँदा भुसाललाई थुप्रै मतदाताले फूलमाला र खादाले स्वागत गरे । कतिले टाढैबाट हात हल्लाए । जीतको शुभकामना दिए । 

‘जनताका आवश्यकता बुझेकी छु, जित्नेमा ढुक्क छु’

बिहानी घरदैलोपश्चात लोकान्तरसँग कुरा गर्दै भुसालले आफू विजयी हुनेमा ढुक्क रहेको बताइन् ।

आफूहरूको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग रहेको भए पनि आफूले जनताको आवश्यकता बुझेका कारण मतदाताले विजयी बनाउने उनको विश्वास छ ।

‘दुई–दुईपटक यही क्षेत्रबाट जितेकी छु । जनताका आवश्यकता, समस्याहरूलाई चिन्छु,’ उनले भनिन्, ‘ती आवश्यकता र समस्याहरू केही सम्बोधन भएका छन् । केही हुने तयारीमा छन् । जनताले मैले गरेका कामलाई  बुझेर विजयी बनाउनुहुन्छ भन्ने लाग्छ ।’ 

यस क्षेत्रमा स्वतन्त्र पार्टीको उम्मेदवारको पनि राम्रो चर्चा छ नि ? भन्ने प्रश्नमा भुसालले भनिन्, ‘डडेलधुरा गएर एक जना युवा भाइ पनि उठ्नुभएको छ । चर्चा हुन्छ । तर, जनताले आफूले दिने मत विजयी बनोस् र विजयी मतको सरकार बनोस् भन्ने चाहन्छन् ।’

भुसालले युवाहरू राजनीतिमा आउनुपर्ने तर राज्य सञ्चालनको संरचना र विधिबारे बुझेर आउनुपर्ने बताइन् । अहिले देश नै गठबन्धनको पक्षमा रहेको पाएको भुसालको भनाइ छ ।

ललितपुर –३ मा नेकपा एमालेबाट अमृत खड्का भुसालको प्रतिस्पर्धी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट तोसिमा कार्की पनि प्रतिस्पर्धामा छिन् ।

हेर्नुहोस्, भिडियो :

हेर्नुहोस्, तस्वीर :


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x