०२ साउन २०८३, शनिबार

नेपाल बैंकको ८६ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

नेपाल बैंकको ८६ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

नेपाल बैंक लिमिटेडले आफ्नो ८६औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।

वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक बुधवार ८५ औं बर्ष पुरा गरी ८६ औं बर्षमा प्रबेश गरेको छ । 

प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर  महाप्रसाद अधिकारी रहेका थिए । 

त्यसैगरी नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपाल बैंक लिमिटेड संचालक समितिका  पूर्व डाइरेक्टर जनरल हिमालय शंसेर जबरा, अर्थमन्त्रालयका राजस्व सचिब रामेश्वर दंगाल, नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्याय विशेष अतिथिको रुपमा रहेको उक्त समारोहको अध्यक्षता बैंकका संचालक समिति अध्यक्ष गंगाप्रसाद ज्ञवालीले गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले नेपालको पहिलो बैंक ८६ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा शुभकामना दिँदै  नेपालको बैंकिङ्ग बिकास र उद्यमशिलताको प्रबद्र्धनमा नेपाल बैंकको अतुलनिय भूमिका रहेको बताए ।

उनले प्रत्येक वर्ष कार्तिक ३० गतेलाई नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक बैंकिङ्ग दिवसको रुपमा लिन सकिने विषयमा जोड दिएका थिए । 

त्यसैगरी कार्यक्रमका विशेष अतिथि अर्थ मन्त्रालयका राजस्व सचिव रामेश्वर दंगालले नेपाल बैंक नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक धरोहर रहेको बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले नेपाल बैंक दिनप्रतिदिन सबल हुंदै गएको बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको विगत, वर्तमान र भविष्यको बारेमा चर्चा गरे ।

उनले नेपाल बैंकका ३ वटा नयां प्रोडक्टहरु क्रमशः अनलाइन एफ्डी, गोल्ड लोन प्रोसेस डिजिटाईजेशन र डलर प्रिपेड कार्ड संचालनमा ल्याएको घोषणा गरेका थिए ।  

वार्षिकोत्सव समारोहमा बैंकले गत आ.व.मा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेको थियो । 

त्यसैगरी बार्षिकोत्सवको अवसर पारेर बैंकले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई समेत प्रमाण पत्र तथा मेडल प्रदान गरिएको थियो ।

बैंकले के.एल.दुगड गु्रपका  अध्यक्ष किसलनलाल दुगड र द्वारीकाज होटलका अध्यक्ष अम्बिका श्रेष्ठलाई उत्कृष्ठ ग्राहकको रुपमा सम्मान गरेको थियो ।

त्यसैगरी सो समारोहमा बैंकले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपाल बैंक लि.का वि.सं २००८ देखि वि.सं. २०११ सम्मका डाइरेक्टर जनरल हिमालय सम्शेर जबरालाई अभिनन्दन समेत गरेको थियो । 

उद्घोषक शिवानी सिंह थापाले संचालन गरेको उक्त कार्यक्रममा ८६औं वार्षिकोत्सव मूल समारोह समितिका संयोजक प्रकाश कुमार अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।

सो समारोहमा बैंकका संचालक समितिका सदस्यहरु, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त लगायत उच्च व्यवस्थापनका सदस्यहरु, बैंकका पूर्ब अध्यक्षहरु, पूर्ब प्रमुख कार्यकारी अधिकृतहरु, पूर्ब महाप्रबन्धक तथा पूर्ब नायव महाप्रबन्धकहरु लगायतका पूर्ब कर्मचारीहरु, बैंकमा कार्यरत कर्मचारीहरु, पत्रकारहरु लगायतकोे उपस्थिती रहेको थियो ।   
 

salt training

कमेन्ट गर्नुहोस्