०५ साउन २०८३, मंगलबार

एनआईसी एशिया बैंकमा ‘भी–केवाईसी’बाटै ग्राहकहरूको केवाईसी अपडेट गर्न सकिने

एनआईसी एशिया बैंकमा ‘भी–केवाईसी’बाटै ग्राहकहरूको केवाईसी अपडेट गर्न सकिने

 एनआईसी एशिया बैंकमा भिडियो केवाईसी (भी–केवाईसी) बाटै ग्राहकहरूको केवाईसीको केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ । 

घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैंकको वेबसाइट धधध।लष्अबकष्बदबलप।अयm मा रहेको अनलाइन एप्लिकेसन ट्याब गरी ई–केवाईसी छनौट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकको कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी सब्मिट गर्नुपर्नेछ । 

त्यसपछि ग्राहकहरूले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा भिडियो कल मार्फत केवाईसी  मार्फत  केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सकिनेछ ।

साथै बैंकिङ्ग समयमा भिडियो कलका लागि एपोन्टमेन्ट बूक गरी सो समयमा प्थ्ऋ विवरण अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । 

बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहक महानुभावहरूको लागि अनलाईनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको सुरुवात गरिसकेको छ ।

ग्राहकहरूले भी–केवाईसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कलमार्फत  देखाउनुपर्छ । 

यसरी भी–केवाईसीमार्फत केवाईसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहक महानुभावहरूले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सकिने बैंकले जनाएको छ । 

  
 

salt training

कमेन्ट गर्नुहोस्