
चर्चित हास्य कलाकार दीपकराज गिरीले नयाँ नेताले चुनाव जीते कम्तिमा २ वर्ष भ्रष्टाचारको दर कम हुने भन्दै व्यंग गरेका छन् ।
मौन अवधिको समयमा उनले शुक्रवार फेसबूकमा लेख्दै उनले यस्तो बताएकाहुन् ।
उनले नयाँ नयाँ नेतालाई घुस कसरी खाने भनेर सिक्न २ वर्ष लाग्ने टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्,'नयाँ नयाँ नेताहरूले जितेर गए भने घुस कसरी खाने भनेर सिक्न २ वर्ष लाग्छ, कमसेकम देशमा २ साल भ्रष्टाचारको दर त कम हुने भो !'