×

NMB BANK
NIC ASIA

किन आन्दोलनमा उत्रिए बागमती किनारका सुकुम्वासी ? [भिडियो]

मंसिर ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा लगायत दर्जनौं संगठनहरूले बिहीवार माइतीघरदेखि बानेश्वरसम्म खबरदारी र्‍याली गरेका थिए ।

Muktinath Bank

आफूहरूलाई जबरजस्ती हटाउन पटक–पटक सूचना जारी गरिएको भन्दै पीडित सुकुम्वासीहरूले माइतीघरमा खबरदारी र्‍याली निकालेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१० दिने अल्टिमेटम जारी गरेर आफूहरूलाई समयसीमा समेत नदिएको, सुकुम्वासीको उचित व्यवस्थापन नगरेको, आफूहरूको बाँच्न पाउनुपर्ने अधिकार समेत खोस्न लागेकाले आफूहरू प्रदर्शनमा उत्रिन बाध्य भएको उत्पीडित सुकुम्वासी समितिका अध्यक्ष मिनकुमार राना मगरले लोकान्तरलाई बताए ।


Advertisment
Nabil box
Kumari

‘हामीले रहरले आन्दोलन गरेका थिएनौं, हाम्रो उचित व्यवस्थापन नगरिकनै खाली गर्न १० दिने अल्टिमेटम जारी गरेकाले आन्दोलन गरेका हौं,’ अध्यक्ष मिनकुमार रानाले भने, ‘उहाँहरूले पटक–पटक सूचना निकालेर हामीलाई त्रास र तनाव दिने गर्नुभएको छ ।’

Vianet communication
Laxmi Bank

‘आउँदो मंसिर ६ गते वार्ताका लागि आह्वान गर्नुभएको छ र त्यस वार्तामा आफूहरूले हाम्रो उचित वासस्थानका लागि कडा आवाज उठाउने छौं,’ उनले भने, ‘’हामीलाई चित्तबुझ्दो स्थानमा सरकारले स्थानान्तरण गरिदिने हो भने हामी जान तयार रहेका छौं ।’

सरकारले इचंगुनारायणमा आफूखुशी आफ्नै ढंगले अव्यावहारिक तरिकाले भवन बनाएको, त्यो भवन बनाउँदा सुकुम्वासीसँग कुनै सल्लाह नगरेको र एउटा परिवार बस्न पनि निकै कठिनाइ हुने देखिएकाले त्यहाँ नजाने निर्णय गरिएको अध्यक्ष राना मगरले बताए ।

बागमती सभ्यता एकीकृत विकास समितिले कात्तिक २५ गते एउटा सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गर्दै नहटाए बल समेत प्रयोग गरेर हटाउने चेतावनी समेत दिएको थियो ।

हेर्नुहोस् भिडियो –

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x