
अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘चचहुई’ युट्युबमा सार्वजनिक गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन पारेर (आइतबार) दिउँसो फिल्म युट्युबमा रिलिज गरिएको हो ।
हलमा प्रदर्शनमा आएको तीन वर्षपछि युट्युबमा सार्वजनिक यस फिल्मको निर्देशन साम्तेन भुटियाले गरेका हुन् । फिल्ममा भोलाराज सापकोटा र माओत्से गुरुङ पनि शीर्ष भूमिकामा छन् । ‘ओएरआर डिजिटल’ युट्युब च्यानलमार्फत फिल्म सार्वजनिक गरिएको हो ।
पछिल्लो केही सातायता युट्युबमा फिल्म रिलिज हुने क्रम बढ्न थालेको छ । यसको कारण भने युट्युब रेभिन्यू हो । डिसेम्बर (अंग्रेजी नयाँ वर्ष)मा युट्युबमा विज्ञापन धेरै आउने र त्यसको फाइदा युट्युब कन्टेन्टलाई हुने जानकारहरू बताउँछन् ।