
अभिनेता राजेश हमालले अबको पाँच वर्ष खबरदारी गर्न तयार रहन आग्रह गरेका छन् ।
आइतबार प्रतिनितिधि सभा र प्रदेशसभाको निर्वाचनमा मतदानपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै पाँच वर्षपछि सक्रिय राजनीतिमा आउन सक्ने संकेत गरेका छन् ।
हमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अबको ५ वर्ष खबरदारी गर्न तयार रहौं।’
सक्रिय राजनीतिमा आउन सक्ने हमालको आशय यतिबेला चर्चाको विषय बनेको छ ।