०९ साउन २०८३, शनिबार

झापाबाट मतदान गरेपछि प्रमोद खरेलले भने – जनताको मुहारमा खुशी देख्न पाइयोस्

झापाबाट मतदान गरेपछि प्रमोद खरेलले भने – जनताको मुहारमा खुशी देख्न पाइयोस्

गायक प्रमोद खरेलले ५ वर्ष जो–जो सरकारमा पुगे पनि देश र जनताको हित विपरीत काम नहोस् भन्ने कामना गरेका छन् ।

झापाको कचनकवच गाउँपालिकाबाट मतदान गरेपश्चात प्रमोदले यस्तो बताएका हुन् ।

मतदानपछि बुढीऔंला देखाउँदै गरेको तस्वीर फेसबूकमा शेयर गर्दै गायक खरेलले लेखेका छन्, ‘यो रंग मात्र होइन, हाम्रो र भावी पुस्ताको भविष्य कोर्ने मसी हो । विगतका कमीकमजोरी सच्याउँदै आगामी ५ वर्ष जो–जो सरकारमा पुगे पनि देश र जनताको हित विपरीत कुनै काम नहोस् । स्थिर सरकार बनोस् । जनमतको कदर होस्, जनताको मुहारमा खुशी देख्न पाइयोस् ।’

salt training

कमेन्ट गर्नुहोस्