
दैलेखका दुई वटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार दैलेख–१ मा नेकपा एमालेका रविन्द्रराज शर्मा र २ मा नेपाली कांग्रेसका दिक्पाल शाहीले सुरुवाती चरणदेखि अग्रता कायमै राखेका छन् ।
दैलेख– १ मा एमालेका शर्माले ५ हजार ९ सय ३१ तथा नेकपा (एकिकृत समाजवादी) का अम्मरबहादुर थापाले ५ हजार ७२५ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका कुन्तीकुमारी शाहीले १ हजार १२ मत प्राप्त गरेकी छन् । दैलेख– २ मा २० हजार ११ मत गन्दा कांगे्रसका दिक्पाल शाहीले ९ हजार ८ र एमालेका लक्ष्मीप्रसाद पोखरेलले ७ हजार ८८२ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टीका केशेन्द्रप्रकाश कार्कीले १ हजार ३३६ मत प्राप्त गरेका छन् ।
दैलेखका दुई वटै क्षेत्रमा सत्तारुढ गठबन्धनविरुद्ध एमाले प्रतिष्पर्धामा छ । आइतवार सम्पन्न मतदानमा दैलेख–१ मा ४७ हजार ६७३ र २ मा ४७ हजार ६१८ मत खसेको थियो ।