३० असार २०८३, मंगलबार

समानुपातिकमा प्रदेश सभातर्फ कुन दलको कति मत ?

समानुपातिकमा प्रदेश सभातर्फ कुन दलको कति मत ?

गत आइतवार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश सभाको समानुपातिकतर्फको मतगणना भइरहेको छ । 

निर्वाचन आयोगको मंगलवार राति साढे १० बजेसम्मको मतगणनासम्बन्धी विवरणानुसार प्रदेश नं १ मा नेकपा (एमाले)ले प्रदेश सभातर्फ ३८ हजार ५०४ र नेपाली कांग्रेसले ३३ हजार ३१४ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र)ले १३ हजार २३१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ हजार ९१, जनता समाजवादी पार्टीले ५ हजार ८७५ र अन्यले १६ हजार ४९७ मत प्राप्त गरेका छन् ।

यसैगरी मधेस प्रदेशमा कांग्रेसले प्रदेश सभा समानुपातिकतर्फ ८ हजार १८५, एमालेले ७ हजार ६७३ र जनमत पार्टीले ७ हजार ८३२ मत पाएको छ । माओवादी केन्द्रले ३ हजार ६१७, जसपाले ४ हजार ३४७ र अन्यले १० हजार ७९३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

बागमती प्रदेशमा प्रदेश सभातर्फ एमालेले १९ हजार ६८४, कांग्रेसले १९ हजार ८७, माओवादी केन्द्रले ९ हजार ५०३, राप्रपाले ११ हजार २८२, नेपाल मजदुर किसान पार्टीले ५ हजार ५९७ र अन्यले ५ हजार ३३६ मत प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशमा एमालेले प्रदेश सभातर्फ ३३ हजार ३१, कांग्रेसले २३ हजार ६२६, माओवादी केन्द्रले ७ हजार ८०, राप्रपाको ६ हजार ४९६, नेकपा (एकीकृत समाजवादी)ले ३ हजार १४१ र अन्यले ६ हजार १७९ मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेले प्रदेश सभातर्फ ४९ हजार ५४३, कांग्रेसले ३८ हजार २९८, माओवादी केन्द्रले १६ हजार ४१७, राप्रपाले १० हजार ४७५, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ८६२ र अन्यले १७ हजार ९८२ मत प्राप्त गरेका छन् ।

यसैगरी कर्णाली प्रदेशमा प्रदेश सभातर्फ माओवादी केन्द्रले २ हजार २०६, एमालेले ७२१, कांग्रेसको ६२४, राप्रपाले १०४, एकीकृत समाजवादीले ४७ र अन्यले १०३ मत प्राप्त गरेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रदेश सभातर्फ समानुपातिकको मतपरिणाम बारेको एकीकृत विवरण हालसम्म प्राप्त हुन नसकेको आयोगले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्