०९ साउन २०८३, शनिबार

ललितपुर–१ मा कांग्रेसका उदयशम्शेर जबराको अग्रता

ललितपुर–१ मा कांग्रेसका उदयशम्शेर जबराको अग्रता

ललितपुरको पछिल्लो मतगणनाअनुसार क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जबराले अग्रता कायम गरेका छन् । 

मंगलवार राति साढे १० बजेसम्मसम्ममा ४५ हजार ६२६ मतगणना हुँदा जबराले २० हजार ९४० मत प्राप्त गरेको सो क्षेत्रका निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए । 

त्यस्तै उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवालले १८ हजार ८९ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ५० हजार ७७३ मत खसेकामा अब करिब पाँच हजार मत गणना हुन बाँकी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्