३० जेठ २०८३, शनिबार

ललितपुर–१ प्रदेश सभा (२) मा कांग्रेसका मीनकृष्ण विजयी

ललितपुर–१ प्रदेश सभा (२) मा कांग्रेसका मीनकृष्ण विजयी

ललितपर–१ प्रदेश सभा (२)मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन विजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार महर्जनले नेकपा (एमाले)का चेतनाथ सञ्जेललाई ४ हजार २१४ मतले पछि पार्दै बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार कांग्रेसका उम्मेदवार महर्जन १३ हजार ३७८ मत प्रप्त गरी बागमती प्रदेश सभा सदस्यमा विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार सञ्जेलले ९ हजार १६४ मत प्राप्त गरेका छन् । 

राप्रपाका उम्मेदवार विश्वराज न्यौपानेले १ हजार ६०९, नेमकिपाका मन्पी महर्जनले २ सय ४, मङ्गोल नेशनल अर्गनाइजेशनका तिलकबहादुर जिम्माले १४२, हाम्रो नेपाली पार्टीका अशोककुमार केसीले ३७६, स्वतन्त्र उम्मेदवार तिलकबहादुर भोलनले ४, देवेन्द्र श्रेष्ठले ११, नवराज कुँवरले ३३, पिताम्बर सञ्जेलले २५, रमेशकुमार सञ्जेलले १०, राजेन्द्र महर्जनले ७, बद्रीबहादुर बस्नेतले ८, श्रीलाल भोम्जनले १०५ र सरोजकुमार विष्टले ८ मत प्राप्त गरे । 

३७ हजार ६१४ मतदाता रहेको यस क्षेत्रमा २५ हजार ७३१ मत खसेको थियो । यस क्षेत्रमा ६७७ मत बदर भएको थियो भने २५ हजार ८५ मत सदर भएको निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
 

salt training

कमेन्ट गर्नुहोस्