२५ जेठ २०८३, सोमबार

धनुषा-३ अपडेट : एमालेकी जुली महतो २ हजार ३८३ मतले अघि

धनुषा-३ अपडेट : एमालेकी जुली महतो २ हजार ३८३ मतले अघि

धनुषा-३ मा नेकपा एमालेकी जुली कुमारी महतो ९महासेठ० २ हजार ३७१ मतले अघि छन्। 

एमालेकी पोलिटब्युरो सदस्यसमेत रहेकी उनले हालसम्म १२ हजार ३८४ मत ल्याएकी छन्। 

उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अनिल कुमार झाले पछ्याईरहेका छन्। झाले १० हजार १ मत ल्याएका छन्। 

त्यसैगरी, जनमत पार्टीका शम्भूनाथ साहले ३ हजार १३७ मत ल्याएका छन्। 

धनुषा (३ मा हालसम्म जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १५, २०, नगराइन नगरपालिकाको वडा नम्बर १ देखि ८ सम्म र धनौजी गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मको गणना सम्पन्न भएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्