२६ जेठ २०८३, मंगलबार

पर्सा ३ मा एमालेका राजकुमार गुप्ता विजयी

पर्सा ३ मा एमालेका राजकुमार गुप्ता विजयी

प्रतिनिधि सभातर्फ पर्सा क्षेत्र नं ३ बाट नेकपा एमालेका राजकुमार गुप्ता विजयी भएका छन् । निकटतम प्रतिष्पर्धी सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गर्दै उनी विजयी भएका हुन् । 

गुप्ताले चौधरीलाई १५१ मतले पराजित गरे । गुप्ताले २४ हजार २६० मत ल्याउँदा चौधरीले २४ हजार १०९ मत पाए । 


०७४ को निर्वाचनमा यो क्षेत्रमा तत्कालिन संघीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियार विजयी भएका थिए । १५ हजार १६८ मत ल्याएर हरि नारायण विजयी हुँदा सुरेन्द्रले १३ हजार ८०१ मत ल्याएर दोस्रो भएका थिए । २०७४ सालमा तेस्रो स्थानमा रहेका एमालेका राजकुमारले १० हजार ९८६ मत ल्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्