०४ साउन २०८३, सोमबार

मकवानपुर २(१) मा माओवादी केन्द्रकी कुमारी मोक्तान विजयी

मकवानपुर २(१) मा माओवादी केन्द्रकी कुमारी मोक्तान विजयी

मकवानपुर क्षेत्र नम्बर २(१) बाट प्रदेश सभा सदस्य पदमा सत्तारुढ गठबन्धनको तर्फका उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रको नेतृ कुमारी मोक्तान विजयी भएकी छन ।

मोक्तानका  निकटतम प्रतिद्वन्दी नेकपा एमालेको उम्मेदवार बिष्णुप्रसाद ढकालले १९ हजार ५ सय ५१ मत प्राप्त गर्दा उनले १९ हजार ८ सय ७३ मत प्राप्त गरिन् । मोक्तानले ३ सय २२ मतान्तरले ढकाललाई पराजित गरे । उक्त क्षेत्रमा जम्मा ४६ हजार ५३ मत खसेको थियो । विजयी भएकी मोक्तान गत २०७४ को निर्वाचनमा पनि प्रदेश सभातर्फ सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । 

उनी बागमती सरकारी प्रदेश सामजिक विकास मन्त्री समेत हुन् । 

मकवानपुर क्षेत्र नं २(१) बाट सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका थिए । 
 

कमेन्ट गर्नुहोस्