२५ जेठ २०८३, सोमबार

सर्लाही–३ प्रदेश (२) बाट जसपाका यादव पुनः विजयी

सर्लाही–३ प्रदेश (२) बाट जसपाका यादव पुनः विजयी

सर्लाही–३ प्रदेशसभा (२) मा जनता समाजवादी पार्टी (जसपा)का सञ्जय यादव विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार सरोजकुमार रायलाई करिब पाँच हजार मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यादवले १३ हजार एक सय ९० मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रायले आठ हजार तीन सय ४८ मत मात्र पाए । 

यादवले चार हजार आठ सय ४२ मतान्तरले रायलाई पराजित गरेका हुन् । कांग्रेसका उम्मेदवार हरेसप्रसाद महतोले आठ हजार ३५ मत प्राप्त गरे । 

जिल्लाको निर्वाचन क्षेत्र नं ३ को (२) बाट जनता समाजवादी पार्टी(जसपा)बाट यादवले विसं २०७४ को निर्वाचनमा पनि विजयी भएका थिए । जिल्लामा तीन प्रदेशसभा सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भई सकेकोे छ ।

salt training

कमेन्ट गर्नुहोस्