२८ असार २०८३, आइतबार

स्मार्टच्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सनराइज बैंक लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । 

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सनराइज बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सनराइज स्मार्ट  प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआरमार्फत गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग दीलिप मैनालीले हस्ताक्षर गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्