२४ जेठ २०८३, आइतबार

शेरधनलाई हराउँदै भोजपुरबाट माओवादी केन्द्रका सुदन किराती निर्वाचित

शेरधनलाई हराउँदै भोजपुरबाट माओवादी केन्द्रका सुदन किराती निर्वाचित

भोजपुरबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् । प्रतिनिधि सभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेको शेरधन राईलाई पराजित गर्दै सुदन निर्वाचित भएका हुन् । 

बिहीवार राति सकिएको मतगणना अनुसार किरातीले २८ हजार ५७८ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले २६ हजार १९३ मत पाए ।

सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा सुदन नै निर्वाचित भएका थिए । तत्कालीन वाम गठबन्धनको तर्फबाट सुदन प्रतिनिधि सभामा विजयी भन्दा शेरधन र हालका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई प्रदेश सभामा निर्वाचित भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्