
सर्लाहीको क्षेत्र नं २ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका जंगीलाल राय प्रदेश सभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिल साहलाई पराजित गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रायले आठ हजार दुई सय ९० मत प्राप्त गरे । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले सात हजार दुई सय १४ मत प्राप्त गरे । रायले एक हजार ७६ मतान्तरले साहलाई पराजित गरेका हुन् ।
यस्तै जनमत पार्टीका उम्मेदवार भरत चौधरीले छ हजार छ सय ४३ मत प्राप्त गरे ।
निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा (२) तथा क्षेत्र नं २ र ३ को प्रतिनिधिसभा सदस्यतर्फको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।