२७ जेठ २०८३, बुधबार

झापा ४ बाट एमालेका एलपी सावा निर्वाचित

झापा ४ बाट एमालेका एलपी सावा निर्वाचित

प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ झापा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका लालप्रसाद सावा (एलपी) निर्वाचित भएका छन् । पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार देवकुमार थेवेलाई ६ हजार ८८७ मतले पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्य पदमा विजयी बनेका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सावाले २९ हजार ३१५ मत प्राप्त गरे । उनका निकटम प्रतिष्पर्धी थेवेले २२ हजार ४४८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार खुश्बु ओलीले १ हजार ८२४ मत प्राप्त गरिन् । 

सावा यसअघि २०७४ सालमा पनि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्