×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन २०७९

महासचिवकै गृहजिल्लामा एमाले ‘क्लिनस्वीप’

मंसिर ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा प्रतिनिधि सभा र प्रदेश सभाका कुनै पनि क्षेत्रमा नेकपा एमालेले जित निकाल्ने सकेन । महासचिव पोखरेलसँगै प्रतिनिधि सभातर्फ तीन र प्रदेश सभातर्फ ६ निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार पराजित भए । प्रतिनिधि सभातर्फ दाङ–१ बाट नेकपा एकीकृत समाजवादीका नेता तथा मन्त्री मेटमणि चौधरी निर्वाचित भए । दाङ–२ बाट नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा निर्वाचित भइन् । भने, दाङ–३ बाट कांग्रेस युवा नेता दीपक गिरी विजयी भए । 

Muktinath Bank

दाङ–२ मा प्रतिनिधि सभातर्फ माओवादी, प्रदेश सभातर्फ दुवै कांग्रेस


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाङ–२ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार रहेका महसचिव पोखरेल नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग झिनो मतले पराजित भए । पूर्वमन्त्री शर्माले २६ हजार ८७७ मत ल्याएर जित निकाल्दा पूर्वमुख्यमन्त्री पोखरेलले २६ हजार ६८१ मत मात्र ल्याउन सके । पोखरेल र शर्माको मतान्तरले १९६ मात्र थियो ।  दाङ–२ को प्रदेश सभातर्फका एमाले उम्मेदवार दुवै उम्मेदवार पराजित भए । २(१) बाट कांग्रेसका राजु खनाल निर्वाचित भएका छन् । 


Advertisment
Nabil box
Kumari

कांग्रेस नेता खनाल १५ हजार ६१६ मत ल्याएर निर्वाचित हुँदा एमालेका प्रदेश सभा उम्मेदवार बलिभद्र रानाले १४ हजार ४४९ मत ल्याउन सके । यस्तै दाङ २ (२)को प्रदेश सभामा पनि कांग्रेसका प्रचण्डविक्रम न्यौपाने निर्वाचित भए । न्यौपानेले १७ हजार ४६९ मत ल्याउँदा एमालेका उम्मेदवार गिरीराज केसीले १६ हजार ६९० मत ल्याए ।

Vianet communication
Laxmi Bank

दाङ–१ मा प्रतिनिधि सभातर्फ नेकपा एस र प्रदेशतर्फ माओवादी र कांग्रेस

दाङ–१ मा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले एमाले नेतृ शान्ता चौधरीलाई पराजित गरेर जित निकाले । मेटमणिले एमाले संसदीय दलका सचेतक शान्तालाई २६ हजार ५६३ मत प्राप्त गरी विजय हासिल गर्दा एमालेकी शान्ताले भने २१ हजार ४७९ मत मात्रै पाइन् । मेटमणिले ५ हजार ८४ मतले शान्तालाई पराजित गरे । यहीँ क्षेत्रबाट एमालेकी निर्वतमान सांसद गंगा चौधरीले पनि स्वतन्त्र उम्मेदवार दिइन् । उनले निकै कम मत मात्र ल्याइन । 

दाङ १(१) को लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका इन्द्रजित थारू विजयी भए । थारूले १३ हजार ५०५ मत ल्याएर जित निकाल्दा एमालेका गंगाराम भट्टराईले ११ हजार ७३० मत प्राप्त गरे । एमालेका भट्टराई १ हजार ७७५ मतले पराजित भए । १ (२) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा कांग्रेसका अनुराग खड्का १६ हजार २२२ मतका साथ विजयी भए । एमालेका कुलबहादुर खत्री क्षेत्री १३ हजार १७० मत ल्याएर निकटतम प्रतिद्वन्द्वी मात्र बन्न पुगे । 

दाङ–३ मा प्रतिनिधि सभातर्फ कांग्रेस र प्रदेशतर्फ माओवादी र कांग्रेस

दाङ–३ मा एमालेकी महिला नेतृ कोमल वली कांग्रेसका दीपक गिरीसँग भारी मतले पराजित भइन् । नेता गिरी ३६ हजार ८४२ मत ल्याई विजयी हुँदा नेतृ वली २९ हजार ३२ मत मात्र ल्याउन सकिन । गिरी र वलीको मतान्तर ७ हजार ८०१ थियो । दाङ–३ को प्रदेश सभामा पनि सत्तारूढ गठबन्धन कांग्रेस माओवादीका उम्मेदवार विजयी भए । (१) बाट कांग्रेसका डिल्लीबहादुर चौधरी १९ हजार ८५० मत ल्याएर निर्वाचित भएका थिए । 

चौधरीसँग एमालेका उम्मेदवार घनश्याम पाण्डेले १४ हजार ४५० मत मात्र पाए । दाङ ३(२) मा माओवादी केन्द्रका धनबहादुर मास्की निर्वाचित भए । उनले २२ हजार ३२१ मत ल्याएर प्रदेश सभा सदस्य निर्वाचित हुँदा एमालेका जिल्ला अध्यक्ष तथा उम्मेदवार हुकुम बस्नेत २० हजार १५८ मत पाएर दोस्रो भए ।

दाङका जनताले मलाई चिन्न सकेनन् : महासचिव पोखरेल

महासचिव शंकर पोखरेलले चुनावमा नयाँ शक्तिका कारण देशमा स्थायित्वको लागि समस्या देखिएको बताएका छन् । शुक्रवार नेकपा एमाले दाङले गरेको पत्रकार सम्मेलनमा पोखरेल आक्रोशित मुद्रामा प्रकट भए । उनले यो जनमतले राजनीतिक स्थायित्व थप संकटमा परेको बताए ।  

पोखरेलले जनताले आफूलाई संसदीय भूमिकामा देख्न नचाहेको गुनासोसमेत गरे । पोखरेलले अब आफू पार्टी सुदृढीकरण र संगठन मजबुद बनाउनमा लाग्ने बताए । दाङका जनताले आफूले गरेका विकासका काम नबुझेकाले पनि पराजय भोग्नु परेको दुखेसो पोखे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x