
लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट सहोदर दाजु–भाइ निर्वाचित भएका छन् । रूपन्देही २ (२) बाट एमालेका भोजप्रसाद श्रेष्ठ र पाल्पा १ (२) बाट राजुप्रसाद श्रेष्ठ निर्वाचित भएका हुन् । भोजप्रसाद र राजुप्रसाद सहोदर दाजुभाइ हुन् ।
पाल्पाको रामपुरबाट रूपन्देही गएर लामो समयदेखि राजनीतिमा सक्रिय भोजप्रसाद श्रेष्ठ दाइ हुन् । भाइ राजु जन्मथलो रामपुर रहेर राजनीति र समाजसेवा निरन्तर लाग्दै आएका छन् ।
भोजप्रसाद यस अघि २०७४ मा एमालेबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री पनि भए । भोजप्रसादले नेकपा माओवादी केन्द्रका उम्मेदवार वामदेव क्षेत्रीलाई पराजित गर्दै पुनः प्रदेश सभामा निर्वाचित भएका छन् । उनले कुल खसेको मतमध्ये १६ हजार ३०० सय मत प्राप्त गरेका थिए भने, निकटतम प्रतिष्पर्धी घिमिरेले ९ हजार ४१० मत ल्याएका थिए । भोजप्रसाद तत्कालीन बुटवल नगरपालिकाको २०५४ मा मेयरमा निर्वाचित भएर बुटवलमा विकासको जग बसालेको थिए ।
यता पाल्पा १ (१) मा निर्वाचित राजुले नेपाली कांग्रेसका श्यामकान्त खनाललाई पछि पार्दै विजयी भएका हुन् । राजुले ३१ हजार २११ मत मध्ये १७ हजार ६४२ मत प्राप्त गरे । प्रतिष्पर्धी खनालले १२ हजार २५२ मत प्राप्त गरे ।