२४ जेठ २०८३, आइतबार

छक्कबहादुर लामालाई पराजित गर्दै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेश सभामा निर्वाचित

छक्कबहादुर लामालाई पराजित गर्दै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेश सभामा निर्वाचित

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार जीवनबहादुर शाही हुम्ला २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । एमालेका छक्कबहादुर लामालाई ४ हजार ७७ मतान्तरले पछि पार्दै सत्ता गठबन्धनका साझा उम्मेदवार शाही निर्वाचित भएका हुन् । 

शाही ७ हजार ५६ मतले विजयी हुँदा उनका निकटम प्रतिष्पर्धी लामाले २ हजार ९७९ मत प्राप्त गरे । हुम्ला प्रदेश सभा २ मा १० हजार ३१४ मत खसेको थियो । मुख्यमन्त्री शाही २०७४ को प्रदेश सभा निर्वाचनमा सोही क्षेत्रबाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा कांग्रेसका उनले मात्र प्रत्यक्ष निर्वाचन जितेका थिए । 

२०७४ मा स्वतन्त्रबाट प्रतिनिधि सभामा जितेका लामा पछि माओवादी केन्द्र प्रवेश गरेका थिए । माओवादी केन्द्रले टिकट नदिएपछि उनी एमाले प्रवेश गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भइसकेका शाही पुनः मुख्यमन्त्री हुने आकांक्षासहित प्रदेश सभामा उम्मेदवारी दिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्